डोटीमा गोरूले हानेर एक महिलाको मृत्यु – Nagarikabhiyan : National News

डोटीमा गोरूले हानेर एक महिलाको मृत्यु

जेठ १ देवानगंज । गोरूले हानेर डोटीमा एक महिलाको मृत्यु भएको छ।

जिल्लाको जोरायल गाउँपालिका – ३ रावतकट्टेकी ५२ वर्षीया लक्ष्मीदेवी कठायतको गोरुले हान्दा मृत्यु भएको हो।
पारिवारिक स्रोतका अनुसार गोरुले हान्दा घाइते भएकी लक्ष्मीको उपचारका क्रममा सोमवार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।