देवानगंज गाउँपालिकामा निःशुल्क आँखा शिविर
१ जेष्ठ २०८०, सोमबार १७:४६
देवानगंज । सुनसरीको देवानगंज गाउँपालिकामा दुई दिने निःशुल्क आँखा शिविर सुरू भएको छ । देवानगंज गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री कृष्ण माध्यमिक विद्यालयमा सुरू भएको शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले गरेका छन् ।
विराटनगर आँखा अस्पताल विराटनगरो प्राविधिक सहयोग र देवानगंज गाउँपालिकाको आयोजनामा शिविर दुई दिन सम्म चल्ने छ । शिविरमा निःशुल्क आँखा जाँच गर्नुको साथै चस्मा र औषधी समेत निःशुल्क उपलब्ध गराइएको छ ।
निःशुल्क शिविरमा आएर लाभ लिन स्थानियलाई अध्यक्ष मेहताले आग्रह गरेका छन् । आज सोमवारको शिविरमा आठ साय पैंतालीस जनाले उचार सेवा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया