भक्तपुरको सल्लाघारीमा रहेको एक सोफा कारखानामा आगलागी – Nagarikabhiyan : National News

भक्तपुरको सल्लाघारीमा रहेको एक सोफा कारखानामा आगलागी

भक्तपुर- भक्तपुरको सल्लाघारीमा ठूलो आगलागी भइरहेको छ । सल्लाघारीमा रहेको एक सोफा कारखानामा आगलागी भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

अहिले बेलुकी ७ बजेदेखि लागेको आगो निभाउने प्रयास भए पनि तीव्र हावाहुरीका कारण समस्या भएको छ । आगोले झन् विशाल रूप लिइरहेको प्रहरीले जनाएको छ ।