सप्तरीमा युवकको हत्या
३१ बैशाख २०८०, आईतवार १४:३३
जनकपुरधामः सप्तरीमा एक युवकको हत्या गरिएको छ। जिल्लाको रुपनी गाउँपालिका १ स्थित खेतमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको हो।उनी शम्भुनाथ नगरपालिका २ का २४ वर्षीय मो।तफेजुल रहेको बताइएको छ। रातिको समयमा कुटपिट गरी उनको हत्या गरिएको देखिएको छ।
गाउँलेले युवकको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो। त्यसपछि घटनास्थल पुगेको प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल राजविराज लगेको छ। हत्या कसले गरेको भन्नेबारे केहि खुल्न सकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया