सुदूरपश्चिम प्रदेश सभा बैठकको अझै टुङ्गो छैन
३० बैशाख २०८०, शनिबार १४:१८
वैशाख ३० देवानगंज सुदूरपश्चिम प्रदेश सभाको बैठकको अझै टुङ्गो लाग्न सकेको छैन । प्रदेश सरकारले पूर्णता पाउनमा ढिलाइ हुँदा त्यसको असर प्रदेश सभामा समेत परेको छ ।
यसअघि, मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन फागुन २१ गते प्रदेश सभाको बैठक सञ्चालन भएको थियो ।
त्यसपछि अनिश्चित समयका लागि स्थगन भएको बैठक बस्न सकेको छैन । अघिल्लो बैठक बसेको पनि दुई महिनाभन्दा बढी समय बितिसकेको छ ।
प्रदेश सभाले बजेट अधिवेसनको तयारी गर्ने बेलामा सुदूरपश्चिम प्रदेश सभाको अहिलेसम्म पहिलो अर्थात हिउँदे अधिवेसन नै समापन भएको छैन । बैठकको टुङ्गो लागेपछि पहिलो अधिवेसन एक दुई दिनभित्रै टुङ्ग्याएर अर्को अधिवेशन आह्वान गर्नुपर्ने प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए

फेसबुकबाट तपाईको प्रतिक्रिया