धनकुटामा ५ सय केजी गाँजा बरामद – Nagarikabhiyan : National News

धनकुटामा ५ सय केजी गाँजा बरामद

देवानगंज -वैशाख २९

धनकुटामा ५ सय केजी गाँजा बरामद गरिएको छ।

जिल्लाको मूलघाट–९ बाट शुक्रबार प्रहरीले ५ सय केजी गाँजा बरामद गरेको छ। को १ ख ३३६७ नम्बरको मिनी ट्रकमा लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीलाई देखेर गाडी भगाएपछि लखेट्ने क्रममा प्रहरी हवल्दार शेरबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ।

चालकले गाडी छाडेर फरार भएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए। फरार चालकको प्रहरीले खोजीकार्य भइरहेको र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।