देवानगंज गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर सम्बन्धी घुम्ती शिविर सुरु
२५ बैशाख २०८०, सोमबार १७:२२
देवानगंज । सुनसरीको देवानगंज गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ घुम्ती शिविर सुरु भएको छ । शिविरको सोमवार देवानगंज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले उद्धघाटन गरेका छन् । देवानगंज गाउँपालिका वडा नम्बर ३ को स्वास्थ्य चौकीमा आज देखि शुरु भएको शिविर गाउँपालिकाका सवै वडामा संचालन हुनेछ ।
करुण फाउन्डेसन र फिमेल क्यानसर फाउन्डेसन नेदरल्याण्ड्सको सहयोगमा देवानगंज गाउँपालिकाले शिविर आयोजना गरेको हो । शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्त्री रोग विशेषज्ञ डाक्टर मनोज साहले उपचार सेवा प्रदान गरिरहेका छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले गाउँपालिका भित्र यस्तो शिविर संचालन हुनु खुसिको कुरा भएको बताए । यस शिविरबाट गाउँपालिकाका महिलाहरूले धेरै लाभ लिनसक्ने उनले बताए ।
कार्यक्रमा स्वास्थ्य शाखा प्रमुख राकेश मेहता, जसपा प्रदेश उपाध्यक्ष राकेश कुशवाह लागयत स्थानिय महिला स्वास्थ्य स्वंयमसेविकाहरूको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया