देवानगंज गाउँपालिकाको शिक्षक सरुवामा कांग्रेस र माओवादीको राजनिति प्रदर्शन किन ?
१७ बैशाख २०८०, आईतवार ११:५२
देवानगंज । सुनसरीको देवानगंज गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रदर्शन गरेका छन् । शुक्रबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलले देवानगंजका विद्यालयहरूमा शिक्षक सरुवा गरेको भन्दै प्रदर्शन गरेका हुन् ।
शिक्षकहरूले राम्रोसँग पठन–पाठन नगरेको भन्दै देवानगंजका विद्यालयका केही शिक्षकहरूलाई पालिका भित्रकै विधालयमा गाउँपालिकाले सरूवा गरेको विषयलाई लिएर उनीहरूले प्रदर्शन गरेका हुन् ।
कांग्रेस र माओवादी केन्द्रले सो कार्य तत्काल रोक्न माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण गराएका थिए । गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार गर्नको लागि पटपट ध्यानाकर्षण गराउँदा पनि विद्यालयहरूको अवस्था र शिक्षण सिकाइमा सुधार नभएपछि शिक्षकहरूलाई सरुवा गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामराज पाैडेलका अनुसार शिक्षा ऐन भित्रनै रहेर शिक्षण सिकाई राम्राे हाेस भनेर सरूवा गरेकाे बताउनु भयाे ।
शिक्षकहरूको सरूवा तत्काल रोक्न भन्दै नेपाली कांग्रेसको पहलमा प्रर्दशन गरिएकाे थियाे । सरुवा गरिएका शिक्षकहरूमा धेरै कांग्रेस निकट रहेकाे नेपली काँग्रसेका स्थानिय नेताहरुको भनाइ रहेको छ ।
गाउँपालिकाले विद्यालयमा भएको राजनिति करणलाई रोक्न खोज्दा पार्टीले प्रर्दशन गर्नु गलत भएको अभिभावकहरुको भनाइ रहको छ । सरुवाको विषयलाई विरोध गरेर कांग्रेस र माओवादीका कार्यकर्ताले विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्न खोजेको स्थानिय बताउँछन् ।
मानव अधिकार समूह देवानगंजका अध्यक्ष राजकुमार मण्डलका अनुसार शिक्षकहरूले पार्टीको झण्डा बोकेर हिड्नु गलत भएको र गाउँपालिकाले शैक्षिक क्षेत्र सुधार गर्न खोज्दा नाराजुलुस गर्नु गलत भएको बताए । विद्यालयलाई शिक्षकहरूले राजनिति गर्ने थलो बनाउन नहुने उनको भनाइ छ ।
।
यसरी जिमेवार पार्टीहरुले स्थानिय सरकारले गरेको सुधारको पहललाई राजनितिकरण गर्नु स्थानिय शिक्षकहरु काम कम र राजनिति बढी गरिहेको प्रष्ट देखिन्छ । गाउँपालिकाले राम्रो काम गर्न खोज्दा गर्न नदिने र उल्टै सरकारको विरोध गर्नु भनेको राजनितिक दलहरु कति सम्मको जिमेवार छ भनेकुराले प्रष्ट हुन्छ । शिक्षकहरुले पार्टीको झण्डाको मुनि प्रर्दशन गर्नु गैर जिमेवारीको प्रकाष्ट भएको देखिन्छ ।
यता देवानगंज गाउँपालिकाका स्थानियहरुको अनुसार पार्टीहरुले शिक्षा क्षेत्रमा राजनिति भलो बनाइ घुस पैट गरी शिक्षा क्षेत्रलाई तहस नहस गर्न खोजेको बताए । शिक्षा सरुवा बहना बनाई राजनितिक दलहरुले आफ्नो स्वार्थ पुरा गर्न मात्र प्रदर्शन गरेको उनिहरुको भनाइ रहेको छ ।
प्रदर्शनमा सहभागीहरु संग यहाँकेको प्रर्दशनमा आनु भएको भनेर प्रश्न गर्दा हामी केही जानकारी नभएको र नेता जिले गाउँपलिका जानु पर्छ भन्नेर आएको बताए । प्रदर्शनमा अधिकांसलाई प्रदर्शनको विषयमा जानकारी नहुनुले पनि राजनितिक प्रदर्शन मात्र भएको प्रष्ट बुझिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया