हरिनगरमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको गोष्ठी र वित्तिय साक्षरता कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

हरिनगरमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको गोष्ठी र वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

देवानगंज ।   सुनसरीको हरिनगर–४ गाउँपालिकामा जीवन विकास लघुवित्त वित्तीय संस्थाको आयोजनामा केन्द्र प्रमुखहरूको लागि गोष्ठी सम्पन्न भएको छ ।  बिहिबार केन्द्र प्रमुखहरूको लागि गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत संजय मण्डल, प्रमुख अथिति हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीलगायत संस्थामा आवद्ध समुह केन्द्रका प्रमुख महिलाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोलदै प्रमुख अथिति गफार अंसारीले लघुवित्त संस्था माथिकेहि समुहले निरन्तर रूपमा रिन मिनाहाको नाममा प्रदर्शन नगर्न महिलाहरूलाई आग्रह गरे । उनले कसैलाई लघुवित्त संस्थाहरूले दुःख दिएमा सिधै गाउँपालिकामा सम्पर्क गर्न आग्रह गरे ।

२०६३ सालमा स्थापना भएको हरिनगर शाखामा १४३ केन्द्र संख्या रहेका छन् । यस शाखामा ४ हजार ६९९ सदस्य संख्या रहेका छन् । यस्तै जम्मा ऋणी संख्या २ हजार ८७६ जना रहेका छन् । कार्यक्रममा १७ वटा केन्द्रहरूलाई पुरस्कृत गरिएको थियो ।