सीमा क्षेत्र साहेवगंजमा अवैध पट्का नष्ठ
१८ कार्तिक २०७७, मंगलवार १८:०२
देवानगंज । सुनसरीको सीमावर्ती देवानगंज गाउँपालिका ५ साहेवगंजमा अवैध रुपमा ल्याएको पट्का सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र सीमा सुरक्षा बल साहेवगंजको टोलीले भारतबाट अबैध रुपमा साइकलमा नेपाल ल्याउँदै गरेको अवस्थामा पट्का बरामद गरी नष्ट गरेको हो । 
सशस्त्र प्रहरीले ३५ हजार मूल्य बराबरको पट्का बरामद गरी नष्ट गरेको सशस्त्र प्रहरी निरीक्षक मनोज विष्टले जानकारी दिनुभयो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया