माइक्रो बसको ठक्करबाट १ जनाको मृत्यु – Nagarikabhiyan : National News

माइक्रो बसको ठक्करबाट १ जनाको मृत्यु

धनगढी । कैलालीमा माइक्रो बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ। आज (बिहीबार) बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका – ९ बल्मीमा बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिँदा स्थानीय केहुँराम चौधरीको मृत्यु भएको हो। घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।