प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता – Nagarikabhiyan : National News

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीसँग छलफलका लागि गठबन्धनका अन्य नेताहरु पनि बालुवाटार जाने बताइएको छ ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि फागुन १३ गतेनै उम्मेदवार मनोनयन गर्नुपर्ने छ । तर सत्ता पक्ष र विपक्षी गठबन्धनले राष्ट्रपतिको उम्मेदवार तय गर्न सकेका छैनन् ।