एनएमबी लघुवित्त संस्थाद्वारा प्रदेश १ का कर्मचारीलाई क्षमता अभिवृद्धी तालिम प्रदान – Nagarikabhiyan : National News

एनएमबी लघुवित्त संस्थाद्वारा प्रदेश १ का कर्मचारीलाई क्षमता अभिवृद्धी तालिम प्रदान

देवानगंज ।  एनएमबी लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरूलाई तालिम दिएको छ । संस्थाले प्रदेश १ अन्तरगतका शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई क्षमता अभिवृद्धी तथा सम्पत्ती शुद्धिकरण सम्बन्धी तालिम दिएको हो । केन्द्रीय कार्यलयको आयोजनामा चारदिने तालिम दिएको हो ।

तालिम बिर्तामोड र इटहरीमा संचालन भएको थियो । तालिमको अवसरमा संस्थाले किसानहरूलाई लक्षित गरेर किसान सिरिजका कर्जाहरूको समेत लन्च गरेको छ । जसमा किसानले व्यवसायको पुर्वाधार निर्माणदेखि सम्पत्ती जोड्नका लागि कर्जा पाउने छन् भने व्यवसायको प्रकृतिका आधारमा भुक्तानी गर्न पाउने छन् ।

यसबाट किसानलाई व्यवसाय संचालन गर्न कर्जामा सहज हुने संस्थाले जनाएको छ । तालिमको संस्थाकै केन्द्रीय कार्यलयका विभिन्न विभागका प्रमुख, प्रदेश कार्यलय तथा क्षत्रीय कार्यालयका कर्मचारिहरूले सहजीकरण गरेका थिए । तालिममा प्रदेश १ अन्तरगतका १४ जिल्लामा रहेका ३६ वटा शाखाका १२० जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।

तालिमा प्रदेश एकका प्रदेश प्रमुख त्रृषिराज परियार, केन्द्रिय कार्यलायका कमल पोखरेल, प्रदिप पौडेल लगायते प्रशिक्षण दिइका थिए । तालिमले आफुहरुलाई काम गर्न थप हौसला प्रदान भएको तालिमा सहभागि लविपुर शाखाका कर्मचारी धिरज झाले बताए एनमवि लुघुवित्ति वित्तय संस्थाले सातै प्रदेशका कर्मचारीहरुको लागि तालिम संचालन गरि रहेको केन्द्रिय कार्यलायका कमल पोखरेलले जानकारी दिनु भयो । यस संस्थाको देश भरि शाखा संचालन गरि लाखौ ग्राहकहरु वित्तिय सेवाद दिदै आएको छ ।