देवानगंजमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु – Nagarikabhiyan : National News

देवानगंजमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

देवानगंज ।  सुनसरीको देवानगंज गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । आज बिहिबार गाउँपालिका अध्यक्ष बेचन प्रासद मेहता प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रतियोगिता देवानगंजमा गाउँपालिका वडा नम्बर १ को जनता माध्यमिक विद्यालयमाको खेल मैदानमा सुरु भएको हो ।

प्रतियोगितामा गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरूको सहभागिता रहेको जनता माविका प्रधानाध्यापक राजकुमार मेहताले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्षसँगै उपाध्यक्ष कुमारी विभा यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश मेहता, पूर्व अध्यक्ष श्यामलाल मेहता, वडा नम्बर १ वडाध्यक्ष सूर्यनारायण पाल, वडा नम्बर २ का वडाध्यक्ष जगनरायण मेहता, दर्शन एफएमका संचालक विवेक मेहत, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।