प्रदेश स्तरीय एथलेटिक्स खेलकुद प्रतियोगितामा सुनसरी प्रथम
३ फाल्गुन २०७९, बुधबार २२:१५
हरिनगरा । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा प्रदेश नं. १ स्तरीय दोस्रो एथलेटिक्स खेलकुद प्रतियोगिता, १३ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकूद तथा अध्यक्ष कप प्रतियोगिता सम्पन्न भएको छ।
छ दिन सम्म १३ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकूद तथा अध्यक्ष कप प्रतियोगिता एवं तिन दिन सम्म संचालन भएको नं. १ स्तरीय दोस्रो एथलेटिक्स खेलकुद प्रतियोगिता बुधबार एक कार्यक्रमकाबीच प्रदेश सभा सांसद डा. इस्राईल मंसुरीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
हरिनगर गाउँपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको प्रतियोगितामा सुनसरीले ८ स्वर्ण, ९ रजत र ३ काश्य सहित २० पदकका साथ पहिलो भएको छ भने ६ स्वर्ण, ७ रजत र ४ काश्य सहित १७ पदकका साथ झापा दोस्रो त्यस्तै ६ स्वर्ण, ६ रजत र १० काश्य सहित २२ पदकका साथ उदयपुर तेस्रो भएको छ।
तीन दिनसम्म चलेको नं. १ स्तरीय दोस्रो एथलेटिक्स खेलकुद प्रतियोगितामा प्रदेश नं. १ को ६ जिल्लाको खेलाडीहरु सहभागी भएको थियो ।
हरिनगर गाउँपालिका हाजी गफार अन्सारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि प्रदेश साँसद सदानन्द मण्डल, अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे , हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगत , सबै वडाका वडा अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापकहरु, हिक्षक, शिक्षिका, बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु , सुरक्षा निकायका प्रमुखहरु , पत्रकारहरु लगायत बिद्यार्थिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विजेताहरुलाई प्रमाणपत्र सहित मेडल तथा पुरस्कार प्रदान गरिएको थियो । अतिथिहरुलाई आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो भने कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रदर्शन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया