स्रोत नखुलेको रकमसहित एक जना पक्राउ – Nagarikabhiyan : National News

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

विराटनगर । विराटनगरबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । प्रहरीले स्रोत नखुलेको नेपाली ९ लाख २० हजार रूपैयाँसहित विराटनगरबाट बुधबार राति एक जनालाई पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–१९ का ४२ वर्षीय सञ्जीवकुमार साहलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार भारतीय मोटरसाइकलमा सवार रहेका साहलाई विराटनगर–१० बाट राति ८ः३० बजेतिर पक्राउ परेका हुन । कार्कीले बीआर ३८ एन ४९३० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको बताए । उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने अनुमान प्रहरीको छ ।
प्रहरीका अनुसार पक्राउ परेका साहले साथबाट बरामद भएको रकमको स्रोत खुलाउन सकेनन् । बरामद गरेको रकम र नियन्त्रणमा लिएको मोटरसाइकलसहित साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी प्रहरीले गरेको छ ।