देवानगंज गाउँपालिकाको अधिकांश विधालयहरूमा राजनिति हावि ! – Nagarikabhiyan : National News

देवानगंज गाउँपालिकाको अधिकांश विधालयहरूमा राजनिति हावि !

देवानगंज । सुनसरीको देवानगंज गाउँपालिकाका अधिकांश विधालयमा पठनपाठन नहुने गरेको पाइएको छ । नागरिक अभियान डटकमले गरेको एक अध्यनले यस्तो देखाएको हो ।

यहाँका अधिकांश विद्यालयका शिक्षकहरू पठनपाठन छोडेर राजनितिक गतिविधिहरूमा बढी सक्रिय हुने गरेका कारण पठनपाठन प्रभावित भएको छ ।

गाउँपालिका भित्र रहेको विधालयहरूमा समयमा शिक्षक नआउने, आएपनि पठनपाठनमा चासो नदिने गेरेको अभिवाकहरूको गुनासो छ । विद्यार्थीहरूले पनि शिक्षकहरूले प्रभावकारी शिक्षण नगरेको गुनासो गरेका छन् ।

वडा नम्बर १ मा रहेका जनता माध्यमिक विद्यालय, वडा नम्बर २ मा रहेको श्री माध्यमिक विद्यालय, वडा नम्बर ३ मा रहेको कृष्ण माध्यमिक विद्यालय, श्री माध्यमिक विद्यालय पाँचौ सिमर लगायत पालिका भित्र रहेका अधिकांश विद्यालयको अवस्था यस्तै छ ।शिक्षकले पठनपाठनमा भन्दा राजनीतिमा बढी समय दिएका कारण विद्यार्थीहरूको भविष्यमाथी खेलवाड भइरहेको अभिभावकको गुनासो छ ।

घोषला अधारभुत, राजाजि, दिना भद्री, शिव दलित अभारभुत लगायतका विद्यालयमा दैनिक पाँच देखि १० जनामात्र विद्यार्थी नियमित आउने गरेका छन् । तर यि विद्यालयहरूले विद्यार्थीको संख्या धेरै देखाएर राज्यले दिँदै आएको सेवासुविधा लिनेगरेको पाइएको छ ।बुधवार श्री माध्यमिक विद्यालय पाँचौ सिमरमा कार्यरत शिक्षक विमल शर्मा विद्यालय समयमा कार्यालयमा नै मस्त निद्रामा थिए । उनी निन्द्राबाट ब्युँझिए लगत्तै मोवाइलमा व्यस्त देखिएका थिए । यो त एउटा उदाहरण मात्रै हो । यहाँका अधिकांश विद्यालयका शिक्षकहरू हाँजिरीका लागि मात्रै विद्यालय पुग्ने गरेका छन् ।

सरकारी सेवासुविधा लिएर विद्यार्थीको भविष्यमाथी खेलवाड गर्नु हदसम्मको लापरवाही हो । तसर्थ यस्ता विद्यालयमा सम्बन्धित निकायले अनुगमन गरेर सुधार गर्न आवश्यक छ ।