झापाबाट एयर गन सहित चार जना पक्राउ – Nagarikabhiyan : National News

झापाबाट एयर गन सहित चार जना पक्राउ

विराटनगर ।  झापाको मेचीनगर नगरपालिका–६ बाट हतियार (एयर गन) सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधान नगरका २० बर्षीय ओम साह, २५ बर्षीय सिद्धार्थ मगर, २० बर्षीय मोहम्बद सुल्तान सुसेन र २० बर्षीय बिटु सरकार रहेका छन् ।

सोमबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका उनिहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट एयर गन २ थान, एयर पेस्तोल १ थान र एयर गनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद गरेको प्रहरीले जनाएको छ । हतियार र गोली सहित पक्राउ परेका चारै जनाविरुद्ध इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।