हरिनगरमा १३ औ राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्धघाटन कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

हरिनगरमा १३ औ राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्धघाटन कार्यक्रम सम्पन्न

हरिनगरा । सुनसरीको हरिनगर गाउँपालिकामा १३ औ राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।

हरिनगर गाउँपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको १३ औ राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको समुद्घाटन हरिनगर गाउँपालिकाको अध्यक्ष हाजी गफार अंसारीले भित्र बाहिर खेल खेलाएर गर्नु भएको थियो।

उद्धघाटन कार्यक्रमको अवसरमा खुल्ला म्याराथन दौड प्रतियोगिताको समेत आयोजना गरिएको हरिनगर गाउँपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत एवं खेलकुद संयोजक अजित कुमार मल्लिकले जानकारी दिनुभयो ।

खुल्ला म्याराथन दौड प्रतियोगिता सिताराम आधारभुत विद्यालय हरिनगर ४ बाट सुरु भई हरिनगरा बहुमुखी क्याम्पसको खेलमैदानमा पुगेर सम्पन्न गरेको समेत जानकारी गराउनु भयो ।

खेलकुदको उद्धघाटन पछि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता माघ २४ गतदेखि २९ गतेसम्म र फागुन १ गतेदेखि ३ गतेसम्म प्रदेश नं। १ स्तरीय दोस्रो एथलेटिक्स खेलकुद प्रतियोगिता समेत हरिनगरा बहुमुखी क्याम्पसको खेल मैदानमा संचालन हुने जस्मा पालिका भरिको समूदायिक, संस्थागत र धार्मिक बिद्यालय गरी ६१ वटा विद्यालयका बिद्यार्थीहरुले भाग लिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पालिका अध्यक्ष अंसारीले भने बिद्यालयमा बिद्यार्थीहरुलाई शिक्षा संग संगै चौतर्फी विकासको लागि खेलकुद आवश्यक रहेको साथै खेलकुदको माध्यमबाट हरिनगरको उत्कृष्ट बिद्यार्थीखेलाडीलाई पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले राष्ट्रिपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजनाको निमित्त बजेट बिनियोजन गरेको बताउनु भएको थियो ।

आठ दिन सम्म चल्ने प्रतियोगितामा दौड, रिले दौड, भित्र(बाहिर, म्युजिक चेयर, लंगजम्प, शर्टपुट, ज्याभलिन थ्रो, व्याडमिन्टण, हाई जम्प, ट्प्पिल जम्म, कबड्डी, भलिबल, लगायतका खेल खेलाईने आयोजकले जनाएको छ।

उद्धघाटन कार्यक्रममा हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगत, वडा नं. ४ को वडा अध्यक्ष देवनारायण मेहता लगायत सहभागी बिद्यार्थी तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।

तस्विर – ब्रहमदेव मेहता/नागरिक अभियान डट. कम.