हिन्दू स्वयंसेवक संघ नेपाल द्वारा देवानगञ्जमा सुईटर बितरण
२१ माघ २०७९, शनिबार ०९:४३
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका २ स्थित मुसहरी बस्तिमा अति विपन्न परिवारका बालबालिकालाई सुईटर बितरण गरिएको छ ।
हिन्दू स्वयंसेवक संघ नेपाल, देवानगञ्ज गाउँपालिका स्तरीय समितिको सक्रियता र बिराटनगरका व्यवसायी देवकृष्ण मुण्द्रा परिवारको सहयोगमा शुक्रबार ६० जना अति बिपन्न परिवारका बालबालिकालाई सुईटर बितरण गरिएको हिन्दू स्वयंसेवक संघ नेपाल देवानगञ्जको संघचालक नन्द किशोर मेहताले बताउनु भएको छ।
सुइटर बितरण कार्यक्रमा संघ परिचय समाजसेवी बुधनारायण यादवले राख्नु भएको थियो, भने उक्त कार्यक्रममा देवानगञ्ज गाउँपालिका वडा नं २ का वडाध्यक्ष जगनारायण मेहता, ६ का वडाध्यक्ष हरिनन्दन मेहता, समाज सेवी कृष्ण बल्लभ मेहता, नगर कार्यवाह शिक्षक सन्तकुमार मेहता, विश्व हिन्दू परिषद नेपालको सुनसरी जिल्ला सचिव ओमप्रकाश मेहता, विहिप सुनसरीको प्रचार प्रमुख एवं संचार कार्मी ब्रहमदेव मेहता साथै संधका देवानगञ्ज गाउँपालिकाको पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो।
हिन्दू स्वयंसेवक संघ नेपालले हिन्दू एकताको संग संगै समाजिक कार्यहरूमा समेत सक्रिय रही काम गर्दै आईरहेको जनाईएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया