हरिनगर गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास सम्पन्न – Nagarikabhiyan : National News

हरिनगर गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास सम्पन्न

हरिनगरा । हरिनगर गाउँपालिकाले शुक्रबार एक भब्य कार्यक्रमको आयोजना गरी प्रशासनिक भवनको शिलन्यास गरेको छ ।

सुनसरी क्षेत्र नं. ४ का संघिय सांसद तथा निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीले उक्त भवनको शिलन्यास गर्नु भएको हो ।
प्रशासनिक भवन निर्माणको कुल लागत १२ करोड ३२ लाख ३० हजार रुपैया भ्याट सहित रहेको भए पनि ३० महिना भित्र काम सम्पन्न गर्ने गरी ड्रागन रविन एण्ड श्रेया जेभी निर्माण कम्पनीले भ्याट सहित ८ करोड १९ लाख २८ हजार तीन सय दुई रुपैंया ५९ पैसामा निर्माण ठेक्का लिएको छ ।

भवनको शिलान्यास कार्यक्रममा आफ्ना कुरा राख्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले समय अगावै उक्त भवनको निर्माण कार्य स्म्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । हरिनगरमा आफूले धेरै विकासका योजना ल्याएको तथा कतिपय कार्यान्वयनको चरणमै रहेको समेत जानकारी गराउनु भयो। त्यस्तै वर्तमान सरकारकारलाई विश्वासको मत दिएकोमा नेपाली कांग्रेसले राष्ट्रपति पाउनुपर्ने अन्यथा छिट्टै नेपाली काङ्ग्रेसको सरकार बन्ने विश्वास व्यत्त गर्नु भएको थियो । कार्कीले नागरिकका हरेक समस्यामा केन्द्रित रहेर आगामी ५ वर्षको कार्यकाल पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

 

गाउँपालिकाका अध्यक्ष हाजि गफार अन्सारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि संघिय स ज्ञानेन्द्र बहादुर कार्की , विशिष्ट अतिथि सुनसरी क्षेत्र नम्वर ४ (क) का प्रदेश सभा सदस्य सदानन्द मण्डल, ४ (ख) का प्रदेश सभा सदस्य इसराईल मन्सुरी , नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजीव कोइराला, जिल्ला समन्वय समिति महासंघका राष्ट्रिय अध्यक्ष राजन मेहता, सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे , प्रहरी उपरीक्षक प्रभु ढकाल, हरिनगर गापा उपाध्यक्ष रिमझिम भगत प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर , सातै वडाका वडा अध्यक्षहरु, जसपा हरिनगर गाउँपालिका समिति अध्यक्ष धर्मबिर आर्य, भवनका लागि जग्गा दान गर्नुभएको तुलाराम सेठिया ,तुलसी लोहनी लगायतको उपस्थिति रहेको थियो ।