दुर्घटनमा थप्प एकसहित दुईको मृत्यु – Nagarikabhiyan : National News

दुर्घटनमा थप्प एकसहित दुईको मृत्यु

राजविराज । पुर्व –पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको बरमझियास्थित बेरवामा कार र सिटीरिक्सा एक आपसमा ठोकिएर घाइते भएका एक जनाको उपचारको क्रममा आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. १ बस्ने ७० बर्षिय बेचनलाल माझी रहेको इलाका प्रहरी कार्यालयका कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेशकुमार सिँहले जानकारी दिनुभयो ।

ठक्करबाट गम्भिर घाइते भएका माझीको बिराटनगरस्थित गोलडेन अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुर्वबाट पश्चििम तर्फ जादै गरेको बा २१ च ६३९ नम्बरको कार र बिपरीत दिसाबाट आउदै गरेको सिटिरिक्सा हिजो(आइतबार) साँझ एक आपसमा ठोकिएको थियो ।

यसअघि हिजो मात्रै सोही दुर्घटनामा परि हनुमाननगर कंकालनी नगरपालिका वडा नं. १ भारदह निवासी ७० बर्षिय बद्री मुखियाको मृत्यु भएको थियो ।

ठक्करबाट गम्भिर घाइते भएका मुिखयको भारदहस्थित अस्पतालमा उपचारको लागि लाने क्रममा मृत्यु भएका हुन ।

त्यस्तै सोही दुर्घटनामा परि घाइते भएका ६ जना मध्ये ३ जनाको बिराटनगरस्थित गोल्डेन अस्पताल र अन्य ३ जनाको भारदहस्थित भारदह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको छ ।