कोरोनाबाट अकाल मृत्यु रोक्न सरकार गम्भीर बन्नुपर्छ : जसपा अध्यक्ष यादव
१७ कार्तिक २०७७, सोमबार १२:३४
राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उपचार नपाएर कोरोना सङ्क्रमितहरुको अकालमै मृत्यु हुने कार्यलाई सरकारले रोक्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
कोरोना संक्रमणबाट गत कातिक ११ गते मृत्यु भएका संविधानसभाका पुर्व सदस्य एवम् पार्टी प्रदेश कमिटी सदस्य मानपुर चौधरीको परिवारलाई आइतवार सानत्वना दिने क्रममा उहाँले जनताले अनिवार्य रुपमा कोरोना भाइरसको उपचार पाउनुपर्नेमा संविधानले प्रदत गरेको अधिकारको समेत ठाढो उल्लंघन भइरहको आरोप लगाउनुभएको छ ।
‘कतिपय कोरोना सङ्क्रमितहरु अस्पतालसम्म पुग्न नपाई, अस्पताल पुगे पनि बेड अभाव भर्नासम्म नपाएको तथा भेन्टिलेटरसम्म पुग्न नपाएर अकालमै मृत्युको शिकार बन्न बाध्य समेत रहकेो अध्यक्ष यादवले भन्नुभयो ।
आफ्ना नागरिकको ज्यान जोगाउनु सरकारको दायित्व हो, यस दायित्वबाट सरकार चुकनु हुदैन ’ र कोरोनाबाट अकाल्मा भइरहेको मृत्यु बारे तत्काल गम्भिर बन्नुपर्छ भन्नुभयो । सरकारको गैरजिम्मेवारीका कारण पनि कोरोना संक्रमितको ज्यान जाने गरेको आरोप लगाउनुभयो ।
पीसीआर परीक्षणको दायरा बढाएर आइसोलेसन, कोभिड अस्पताल, जनशक्ति र उपकरणको व्यवस्था मिलाउनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका नेता यादवले अबको समयमा थप संक्रमण बढ्नसक्ने भएकोले तत्काल ठोस कदम चाल्न सरकारलाई उहाँले आग्रह गर्नुभयो ।
कोभिड १९ महामारीको अवस्थामा पत्रकारहरु श्रमजिवी पत्रकारहरु उच्च जोखिममा रहेको बताउँदै वर्तमान विकट परिस्थितिमा पत्रकारहरुले स्वास्थ्यकर्मीहरु जस्तै अत्यधिक जोखिम मोलेर जिम्मेवारी वहन गरिरहेको अध्यक्ष यादवले बताउनुभयो ।
पेशागत सुनिश्चितता तथा समुचित व्यवस्थापनका लागि विशेष ध्यान दिनुपर्दछ ।’ अत्यधिक प्रभावित पनि बढी प्रभावित रहेकाले सञ्चार क्षेत्र र श्रमजिवी सञ्चारकर्मीहरुकोलागि तत्काल अन्तरिम व्यवस्था गरेर विशेष राहत सुविधा दिनुपर्नेमा समेत जोड दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया