कार र सिटी रिक्सा ठोकिदा एकको मृत्यु,सात घाइत – Nagarikabhiyan : National News

कार र सिटी रिक्सा ठोकिदा एकको मृत्यु,सात घाइत

राजविराज ।  पुर्व –पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको बरमझियास्थित बेरवामा आइतवार साँझ कार र सिटीरिक्सा एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन ।

पुर्वबाट पश्चििम तर्फ जादै गरेको बा २१ च ६३९ नम्बरको कार र बिपरीत दिसाबाट आउदै गरेको सिटिरिक्सा एक आपसमा ठोकिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्र धमलाका अनुसार सिटिरिक्सामा सवार सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. १ भारदह निवासी ७० बर्षिय बद्री मुख्याको मृत्यु भएको छ ।

ठक्करबाट गम्भिर घाइते भएका मुख्यको भारदहस्थित अस्पतालमा उपचारको लागि लाने क्रममा मृत्यु भएको हो ।

त्यस्तै सोही दुर्घटनामा परि घाइते भएका सात जना मध्ये चार जनाको बिराटनगरस्थित गोल्डेन अस्पताल र अन्य ३ जनाको भारदहस्थित भारदह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको छ ।

यता ठक्कर दिने कार पनि राजमार्ग देखि तल्ल धानको बालीमा खसेर क्षतिग्रत भएका छन भने सिटिरिक्सा पनि भाचिएर क्षति पुगेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको
छ ।