साहेबगञ्जमा बिधुवा महिला सम्मान कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

साहेबगञ्जमा बिधुवा महिला सम्मान कार्यक्रम सम्पन्न

देवानगञ्ज । देवानगञ्ज गाउँपालिका वडा नं. ५ साहेबगंज स्थित वडा कार्यालयको सभा हलमा बिधुवा महिला सम्मान कार्यक्रम आईतबार सम्पन्न भएको छ।

वडा अध्यक्ष मनोज मण्डलको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा वडा नं. ५ का २० बर्ष देखि ६० बर्ष उमेर समूह भित्रको पचास जना एकल बिधुवा महिला लाई ब्लयाङ्केट बितरण गरि सम्मान गरिएको वडा कार्यालयको प्रसासन साहयक रन्धिर शाहले जानकारी गराउनु भयो ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार समेतले जेष्ठ नागरिकलाई मात्रै सम्मान गर्ने कार्यक्रम ल्याएकोले एकल बिधुवा महिला सम्मानित हुन न पाएकोले आफु जितेर आउँदा एकल महिला सम्मान कार्यक्रम राखेको वडा अध्यक्ष मण्डले बताउनुभएको छ। ६१ बर्ष देखि ६८ बर्ष सम्मका छुटेका २० देखि २५ जना लाई अर्को कार्यक्रममा सम्मान गरिने समेत बताएका छन्।

यता सम्मानित भएका बिधुवा महिलाहरुले पहिलो पटक वडा कार्यालयले हामीहरुलाई सम्मान गरेकोमा खुसी व्यक्त गरेका छन्।

सम्मान कार्यक्रममा वडा सदस्यहरु दिननाथ साह, प्रमान्नद गडेरी, सुनिता देवी यादव, रुना देवी दास, नेकपा एमाले वडा सभापति जितेन्द्र ठाकुर, नेपाली काँग्रेस वडा सभापति इन्द्र कुमार मेहता (रिंकु), बुद्धिजीवी गुलावचन्द मण्डल, जिवक्ष प्रसाद साह, देवानगञ्ज गाउँपालिका वडा नं. १ का वडा सचिव दिलिपकुमार साह, सशस्त्र प्रहरी साहेबगंज प्रमुख आशिष गौडा लगायतको उपस्थिति रहेको थियो ।