भारतीय उत्तर प्रदेशका मुख्यमन्त्री योगीनाथको चेतावनी- लव जिहाद बन्द नगरे ‘राम नाम सत्य हो’ गरिनेछ – Nagarikabhiyan : National News

भारतीय उत्तर प्रदेशका मुख्यमन्त्री योगीनाथको चेतावनी- लव जिहाद बन्द नगरे ‘राम नाम सत्य हो’ गरिनेछ

एजेन्सी .

उत्तर प्रदेश, कात्तिक १६
भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शनिबार एक चुनावी सभालाई सम्बोधन गर्दै ‘लव जिहाद’ रोक्न उनको सरकारले कडा कदम उठाउने चेतावनी दिएका छन्।

उनले छद्मभेषमा छोरीचेलीको इज्जतसँग खेलवाड गर्नेहरूको ‘राम नाम सत्य’को यात्रा निकाल्ने बताए।

राज्यको जौनपुरमा हुन लागेको उपनिर्वाचनका लागि आयोजित र्‍यालीमा उनले यस्तो चेतावनी दिएका हुन्।

‘इलाहाबाद हाईकोर्टले चिवाहका लागि धर्म परिवर्तन आवश्यक नभएको आदेश दिएको छ। धर्म परिवर्तन गर्न हुँदैन, यसलाई मान्यता दिइनु हुँदैन। यस कारण सरकारले ‘लव जिहाद’लाई कडा रूपमा रोक्ने काम गर्नेछ। एउटा प्रभावकारी कानुन बनाउनेछ’, योगी आदित्यनाथले भने।

‘छद्म भेषमा गोप्यरूपमा नाम ढाँटेर जो मानिसले छोरीचेलीको इज्जतसँग खेल्छन्, उनीहरूलाई म अहिलेदेखि नै चेतावनी दिन्छु। यदि सुध्रेनन् भने अब उनीहरूको ‘राम नाम सत्य हो’को यात्रा सुरू हुनेवाला छ’, योगीले थप चेतावनीको भाषामा भने।सभार सेताेपाी