माओवादी प्रदेश–१ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्वो सर्वसम्मत चयन
१३ पुष २०७९, बुधबार १०:२५
विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश– १ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन् ।मंगलबार माओेवादीका ज्येष्ठ प्रदेश सांसद नारायणबहादुर मगरको अध्यक्षतामा बसेको बैठकले दलको नेतामा आङ्बोलाई सर्बसम्मत चयन गरेको हो ।
माओवादी केन्द्रका सचिव तथा प्रदेश १ इञ्चार्ज राम कार्की, पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रदेशका सहइञ्चार्ज सावित्रीकुमनर काफ्ले, पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ्लगायतका नेताहरु सम्मेलित बैठकले आङवोलाई दलको नेता चयन गरिएको हो ।आङ्वो पाँचथर पाँचथर प्रदेश – २ बाट निर्वाचि सांसद हुने । उनी माओवादीबाट प्रदेशसभामा निर्वाचित सबैभन्दा सिनियर नेतासमेत हुन् ।
दलको नेतामा तेह्रथुम १ (२) बाट निर्वाचित पार्टीका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईंले पनि दावी गरेका थिए । तर माओवादी सरकारमा जाने अवस्था रहे उनकै नेतृत्वमा जाने भन्ने सहमतिपछि उनी पछि हटेका हुन् ।
उता आङ्वो पनि मुख्यमन्त्रीका रुपमा सरकारमा जाने नत्र मन्त्रीका रुपमा अरुलाई अवसर दिने निश्कर्षमा पुगिसकेका छन् ।आङ्वो यसघिको संसदमा पनि माओवादी केन्द्र प्रदेश १ संसदीय दलको नेतामै थिए । ०७४ को निर्वाचन पछि पहिलो पटक बनेको शेरधन राई नेतृत्वको सरकारमा माओवादी आङ्वोकै नेतृत्वमा सरकारमा गएको थियो ।त्यो बेला आङ्वो अर्थमन्त्री थिए भने पछि नेपाली काँग्रेससहितको गठबन्धनमा बनेको अर्को सरकारमा पनि अर्थमन्त्रीकै जिम्मेवारीमा दोस्रो पटक सरकारमा गएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया