पुलवामा आक्रमण पाकिस्तानकै योजनामा भएको पाकिस्तानी मन्त्री फवादको स्वीकारोक्ति, सरकारको सफलता भन्दै संसदमा भाषण
१५ कार्तिक २०७७, शनिबार ११:४४
काठमाडौं। पाकिस्तानको केन्द्रीय सरकारका मन्त्री फवाद चौधरीले पुलवामा आक्रमण पाकिस्तानकै योजनामा भएको भनी स्वीकार गरेका छन् ।
बिहीवार मन्त्री चौधरीले संसदमा बोल्ने क्रममा पुलवामा आक्रमण प्रधानमन्त्री इमरान खानको नेतृत्वमा हासिल भएको राम्रो उपलब्धि भनी व्याख्या गरेका थिए । ‘हामीले भारतभित्र पसेर आक्रमण ग-यौं उनले भने ।
भारतमा आमनिर्वाचन आउनुभन्दा ठीक अघि जम्मु कश्मीरको पुलवामामा गरिएको आक्रमण चुनाव जित्नका लागि भाजपाले गराएको भनी विपक्षी दलहरूले प्रोपागान्डा गरेका थिए । तर चौधरीको स्वीकारोक्तिले कांग्रेस तथा यसका नेताहरूलाई नंग्यानदिएको छ ।
भाजपाका राष्ट्रिय प्रवक्ता सम्बित पात्राले भने, ‘संसारभरिको आतंकवादको जरो पाकिस्तानमा छ । तर राहुल गान्धी र कांग्रेस पार्टीमा उनका सहयोगीहरूले पुलवामा आक्रमण नरेन्द्र मोदी र इमरान खानबीचको म्याच फिक्सिङ भएको बताउँदै आएका थिए ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया