देवानगंज गाउँपालिकाका अध्यक्षद्धारा बुढी खोला कटान क्षेत्रको निरीक्षण
१ श्रावण २०७९, आईतवार ०८:४२
देवानगंज । सनुसरीको देवानगंज गाउँपलिका अध्यक्ष बेचन प्रसाद मेहता सहितको टोलिले देवानगंज गाउँपालिका वडा नम्बर ५ साहेवगंजमा बुढी खोलाले काटन क्षेत्रको निरीक्षण गरेको छ ।
निरीक्षणमा गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, वडा पाँचका वडा अध्यक्ष मनोज मण्डल, विधार्थी नेता राकेश यादव लागत स्थानियहरुको सहभागिता रहेको थियो । बुढी खोलाको बाढीले प्रत्येक वर्ष क्षति गर्दै आएको छ ।
यता अनुगमन पश्चात गाउँपालिका अध्यक्ष मेहताले गाउँपालिकाले उचित व्यवस्था गर्न ठोस योजना बनाएर अगाडी बढर्ने बताउनु भयो । अध्यक्ष मेहताले देवानगंज गाउँपालिका वासीको सेवामा जतिवेला पनि सर्मपित रहने प्रतिवद्धता जनाउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया