देवानगञ्ज गाउँपालिकाद्धारा ११ औं गाउँ सभाका निर्णयहरु सार्वजनिक – Nagarikabhiyan : National News

देवानगञ्ज गाउँपालिकाद्धारा ११ औं गाउँ सभाका निर्णयहरु सार्वजनिक

देवानगञ्ज । सुनसरीको  देवानगञ्ज गाउँपालिकाले आर्थिक वर्ष २०७९ र ८० को लागि कुल बजेट ६३ करोड ३५ लाख ७२ हजार ३ सय २६ रुपैंया खर्च हुने गरि सर्वसम्मतिले बजेट पारित गरेको सार्वजनिक गरेको छ ।

 

जसमा चालु खर्चतर्फ ३५ करोड ७४ लाख ९५ हजार ६ सय ८६ रुपैंया अर्थात कुल बजेटको चालुतर्फ ५६।४२ प्रतिशत र पुजिगत खर्चतर्फ २७ करोड ६० लाख ७६ हजार ६ सय ४० रुपैंया अर्थात कुल बजेटको पुँजिगत तर्फ ४३।५८ प्रतिशत गरी जम्मा ६३ करोड ३५ लाख ७२ हजार ३ सय २६ रुपैंया खर्च हुने गरि बजेट सार्वजनिक गरेको छ  ।

 

शुक्रबार देवानगञ्ज गाउँपालिकाको कार्यलयमा एघारौं गाउँ सभाका निर्णय सार्वजनिककरण कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले आगामी आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिनु भयो  ।

त्यसैगरी गाउँपालिकाले केही महत्वपूर्ण नीतिगत निर्णयसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुंरागाईँले जानकारी दिएका छन् ।

 

गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम सार्वजनिककरण  गर्दै गाउँपालिकाले ‘कृषि, शिक्षा , पर्यटन र उद्योग मा विषेस ध्यान दिई बजेट निर्माण गरिएको , गाउँपालिका लाई स्वस्थय, सुन्दर, समतामुलक संमृद्ध देवानगंजको मुल नारा लिएको बताउनुभयो ।

 

गाउँपालिकामा विकासका आधारभूत आवश्यक्ताहरू समेत नभएको अवस्थामा आगामी आर्थिक वर्ष शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरु ल्याउने  समते जानकारी दिनुभयो।