काठमाडौं उपत्यकाको सुरक्षा जिम्मा संघीय प्रहरीलाई दिनुपर्नेमा गृहमन्त्रीको जोड
२१ असार २०७९, मंगलवार १४:३०
काठमाडौँ । काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनको जिम्मा संघीय प्रहरीलाई दिनुपर्ने गृहमन्त्री बालकृष्ण खाँडको भनाइ छ छ । सुरक्षा संवेदनशीलताका कारण यसो गर्नु उपयुक्त हुने उनले बताएका हुन् ।
आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी विधेयकमाथि छलफलका क्रममा यस विषयमाथि विचार विमर्श भएको छ । सो क्रममा गृहमन्त्री खाँडले संघीय राजधानी भएका कारण उपत्यको सुरक्षा जिम्मा संघीय प्रहरीलाई नै दिनु उपयुक्त हुने बताए । उनले प्रदेश प्रहरीको अधिकार कटौती गर्नका लागि नभएर यहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उक्त व्यवस्था हुनुपर्ने बताएक हुन् ।
यस मामिलामा सत्तारुढ कांग्रेस तथा प्रतिपक्ष एमालेको सांसदहरु समेत सकारात्मक देखिएका छन् । तर सत्तारुढ माओवादी केन्द्रका सांसद भने प्रदेशको अधिकार कटौती गर्न नहुने भन्दै यस प्रस्तावको विपक्षमा छन । संविधान अनुसार शान्ति सुरक्षाको अधिकार प्रदेश सरकार हुने व्यवस्था छ ।
गृहमन्त्री खाँडले भने अन्तर्राष्ट्रिय परिदृश्य बदिलिइरहेको र सुरक्षा संवेदनशीलता पनि बढिरहेकोले काठमाडौँ उपत्यकाको सुरक्षा जिम्मा संघीय प्रहरीकै हुनुपर्नेमा जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया