औषधी नभएपछि स्वास्थ्य चौकीमा तालाबन्दी
६ कार्तिक २०७७, बिहीबार १८:३४
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ९ बवियामा रहेको स्वास्थ्य चौकीमा औषधी नभएको भन्दै स्थानीयले तालाबन्दी गरेका छन् ।
बविया स्वास्थ्य चौकीमा स्वास्थ्य चौकी इन्चार्ज सन्तोष देव झण्डै एक वर्षदेखी कार्यालयमा नगई इनरुवा स्वास्थ्य शाखामा ब्यस्त भएपछि स्थानीयले स्वास्थ्य सेवा प्रभावकारी नपाएको गुनासो गरेको अवस्थामा बिहिवार औषधी नभएको भन्दै तालाबन्दी नै गरेको स्थानीय मनिष शर्माले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकीमा निःशुल्क भनिएका ४२ प्रकारको औषधी मध्ये अधिकाँश औषधी नभएकाले रित्तो फर्किने सेवाग्राहीहरु आक्रान्त भएर बिहिवार तालाबन्दी गरेका हुन् । इन्चार्ज देवले नस्वास्थ्य चौकीमा सेवा दिएको न शाखामै बसेर औषधीको ब्यवस्थापन गरेको भन्दैं स्थानीयले तालाबन्दी गरेको बताइएको छ । 
बीहिवार स्थानीय सिर्जना शर्मा खत्वे र सन्जु खत्वेले सेवा लिन जाँदा इन्चार्ज सहित चारजना स्वास्थ्यकर्मी अनुपस्थित रहेको र एक जना स्वास्थ्यकर्मीले औषधी र ट्रेसिङ्ग गर्ने मेटाडिन समेत नभएको बताएपछि आक्रोसित स्थानीयहरु तालाबन्दी गरेको बताइएको छ ।
उता स्वास्थ्य चौकी इन्चार्ज सन्तोश देवले औषधी खरिद प्रकृयामा रहेको प्रतिकृया दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया