सुनसरीको देवानगंज गाउँपालिकामा चोरीको घटनामा वृद्धि, प्रहरी प्रशासन भने तस्कारहरुको समरक्षंणमा व्यस्त ! – Nagarikabhiyan : National News

सुनसरीको देवानगंज गाउँपालिकामा चोरीको घटनामा वृद्धि, प्रहरी प्रशासन भने तस्कारहरुको समरक्षंणमा व्यस्त !

देवानगंज । सुनसरीको देवानगंज गाउँपालिका वडा नं. २ मा रहेको गुप्ता आयल ट्रेडर्स (पेट्रोल पम्प) मा शुक्रबार राति चोरी भएको छ । चोरको समूहले नगद नौ लाख २४ हजार रुपैयाँ सहित १४ लाख ७६ हजार ८ सय मुल्य बराबरको सुन चाँदी बाट बनेको गरगहना लगायत अन्य मालसमान चोरी गरेको इलका प्रहरी कार्यलय देवानगंज का इनचार्ज बद्रि दाहाल ले जानकारी दिएका छन् ।

अज्ञात चोरहरुको समूहले उक्त आयल ट्रेडर्सको मुल ढोकाको ताला तोडी भित्र छिरेर चोरी गरेको हो । पेट्रोल पम्पका संचालक देवानगंज गाउँपालिका वडा नं. २ का अशोक गुप्ता का अनुसार “उनको ठुलो भाई बुवा आमा लाई लिएर भारत को दिल्लि गएको, श्रीमति बजारमा रहेको मुल घर मा बस्न आएको” पेट्रोल पम्प मा कोही न भएको मौका छोपी चोरले चौरी गरेको बताएका छन् ।

एता केही दिन देखि सुनसरीको देवानगज गाउँपालिका सहित अन्य सिमार्वती पालिकामा चोरीको घटनामा बृद्धि भएको छ । तर प्रहरी प्रशासन भने मुख दर्शक बनेको स्थानियहरुको गुनासो रहेको छ ।

चोरीको घटना दैनिक जसो घटेपनि सिमा सुरक्षामा खटेका शसस्त्र प्रहरीले खासै निगरानि नगेरेको स्थायिहरुको आरोप रहेको छ । सिमा क्षेत्रमा खटिएको प्रहरीहरु तस्करहरुको समंंंक्षणमा लागदा चोरीको घटनामा वृद्धि भएको देवानगंजका स्थानियहरुको गुनासो रहेको छ ।