भोक्राहामा हेल्प डेक्स संचालन – Nagarikabhiyan : National News

भोक्राहामा हेल्प डेक्स संचालन

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएको दुई हप्तामै नयाँ योजनाका साथ नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यत्रम ल्याएको छ । गाउँपालिकाले नागरिकलाई निशुल्क सेवा प्रभाव गर्ने उदेश्यले हेल्प डेस्क संचालनमा ल्याएको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालय वडा नम्बर १, २ र ७ मा हेल्प डेक्स संचालनमा ल्याएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले निर्वाचनमा भोट माग्न जादाँ गर्नुभएको बाचा, प्रतिबद्धता तथा घोषणपत्रमा उल्लेख गरेको बुदा मध्येको हेल्प डेस्क पहिलो चरणमा तीन वडा वडामा संचालन गरेको बताउनुभयो ।
हेल्प डेक्सबाट कम्प्युटर टाईपिंग, प्रिन्टिंग, स्कानिंग, ईमेल, ईन्टरनेट, निवेदन लेख्ने तथा विभिन्न फारामहरु भर्ने लगायतका सुविधाहरु सेवाग्राहीहरुलाई निःशुल्क दिइने गाउँपालिका अध्यक्ष आजादले जानकारी दिनुभयो । अध्यक्ष आजादले सबै सेवाग्राहीलाई पैसा नुहुने र पढेलेखेका समेत नभएकाले सेवामा झन्झटिलो रहेको र छिटोछरितो सेवा नपाएको विगतको गुनासोलाई सम्बोधन गर्नका लागि आफूहरुले पदभार ग्रहण गरेको दोस्रो हप्तामै नागरिकलाई निशुल्क सेवा प्रभाव गर्ने उदेश्यले हेल्प डेस्क संचालनमा ल्याएको बताउन्भयो ।