नेपाली जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन हुने गरी बजेट ल्याएको छु : अर्थमन्त्री शर्मा
१५ जेष्ठ २०७९, आईतवार १६:५३
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।
त्यस अवसरमा उनले आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीता तर्फको प्रस्थान बजेटको रुपमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट रहेको पनि बताए ।
अर्थमन्त्री शर्माले भने, ‘प्रस्तुत बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीको तर्फको प्रस्थान बजेटको रुपमा प्रस्तुत गरेको छु । सबै नागरिकको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने कुरालाई बजेटमा केन्द्रित गरेको छु ।’
अर्थमन्त्री शर्माले अहिले बजेट प्रस्तुत गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया