अबैध सुर्तीजन्य सामान बरामद – Nagarikabhiyan : National News

अबैध सुर्तीजन्य सामान बरामद

इनरुवा । सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नं. ८ पुष्पलाल चोकबाट अवैध सुर्तीजन्य सामान बरामद भएको छ ।

इटहरीको भित्रि सडकखण्डमा सुरक्षा चेकजाँच गर्ने क्रममा सुनसरीको हरिनगर गा.पाका २३ वर्षिय अरबिन्द्र मेहतालाई पक्राउ गरेको हो ।

मेहता सवार को ३ प ८३१८ नं. को मोटर साईकलमापहेलो प्लाष्टिकको बोरामा प्याक गरी ३ बोरा सुर्ती जन्य पदार्थ (खैनी) २४५ पोका (एक ओटा पोकामा १२ प्याकेटका दरले २,९४०प्याकेट) अबैध सुर्ति जन्य पदार्थ भारतबाट चोरी पैठारी गरि भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारी चालक र वरामद समान सहित आवश्यक कारवाहिको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।