मन्त्रिपरिषद हेरफेर : विष्णु पौडेलले पाए अर्थ मन्त्रालयको जिम्मा – Nagarikabhiyan : National News

मन्त्रिपरिषद हेरफेर : विष्णु पौडेलले पाए अर्थ मन्त्रालयको जिम्मा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु  पौडेललाई अर्थ मन्त्रालय र कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्।

यस्तै पुनर्गठित मन्त्रिमण्डलमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएको छ।

यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठले पाएका छन्। सञ्चार मन्त्रालयको जिम्मा पार्वत गुरुङले पाएका छन् भने रक्षा मन्त्रालयको जिम्मा भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ राखेका छन्।