सुनसरीको एक नगर प्रमुख र दुई गाउँपालिका अध्यक्षमा पुन ः निर्वाचित – Nagarikabhiyan : National News

सुनसरीको एक नगर प्रमुख र दुई गाउँपालिका अध्यक्षमा पुन ः निर्वाचित

सुनसरीको दुहबी नगरपालिकाको प्रमुखमा पुनः बेदनारायण गच्छदार बिजयी हुनुभएको छ । जिल्लाको दुई उपमहानगरपालिका र चार नगरपालिका मध्ये दोस्रो कार्यकालका लागि निर्वाचित हुने गच्छदार पहिलो नगर प्रमुख बन्नुभएको छ । जिल्लाको छ गाउँपालिका मध्ये हरिनगर र कोशी गाउँपालिकामा दोस्रो कार्यकालका लागि अध्यक्ष र उपाध्यक्ष दुवैजाना पुनः निर्वाचित हुनुभएको छ ।
सुनसरीको दुहबी नगरपालिकाको मत परिणाम अनुसार दुहवीको नगर प्रमुखमा नेपाली कांग्रेसकका उम्मेदवार बेद नारायण गच्छदार पुनःनिर्वाचित हुनुभएको हो । गच्छदारले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार बिनय कुमार पोखरेललाई ४ सय ५५ मतको अन्तरले पराजीत गर्नुहुदै प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । प्रमुख गच्छदारले ११ हजार ९ सय १६ मत प्राप्त गरी बिजयी हुनुभयो भने निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका बिनय पोखरेलले ११ हजार ४ सय ६१ मत प्राप्त गरी पराजित हुनुभयो । यस्तै दुहबी नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार मेनुका पोखरेल खतिवडा निर्वाचित हुनुभएको छ ।
कोशी र हरिनगर गाउँपालिकाको अध्यक्ष पुनःअंसारीदोय बिजयी
सुनसरीको कोशी गाउँपालिका र हरिनगर गाउँपालिकाको अन्मित परिणाम अनुसार कोशीको अध्यक्षमा नेपाली कांग्रेसकका उम्मेदवार ऐयुव अंसारी पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । अंसारीले आफ्ना निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका उम्मेदवार देवकृष्ण यादवलाई एक हजार एक सय ९९ मतको अन्तरले पराजीत गर्नुहुदै अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष अंसारीले छ हजार चार सय १६ मत प्राप्त गरी बिजयी हुनुभयो भने निकटतम प्रतिद्धन्द्धी जसपाका देवकृष्ण यादवले पाँच हजार दुई सय १७ मत प्राप्त गरी पराजित हुनुभयो ।
यस्तै कोशी गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार अनिता कुमारी यादव पनि पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । यादवले पाँच हजार ३९९ मत ल्याएर विजयी हुनुभयो भने निकटतम प्रतिद्धन्द्धी जसपाकी अनुदेवी खेरवारले चार हजार ७०८ मत सहित पराजित हुनुभयो ।
उता सीमावर्ती हरिनगर गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै जना दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । अध्यक्षमा गफार अंसारी र उपाध्यक्षमा रिमझिम कुमारी भगत दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अध्यक्षमा गफार अंसारीले नेकपा एमालेका उम्मेदबार लस्करी अंसारी र उपाध्यक्षमा रिमझिम कुमारी भगतले एमालेकी कौशिला कुमारी साहलाई केही मतले जराजीत गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
यसैबीच जसपाबाट जितेर यसापली एमालेबाट चुनाव लड्नु भएका भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव भने नेपाली काग्रेंसका उम्मेदबार अजमल अख्खतर आजादसंग पराजित हुनुभएको छ ।
उता सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका निर्वाचित नगर प्रमुख केदार भण्डारीले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । मूख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीबाट प्रमाण पत्र ग्रहण गर्दै भण्डारीले इनरुवा नगर प्रमुखको पदभार ग्रहण गर्नुभएको हो । नगरप्रमुख भण्डारी सहित नेपाली काग्रेंसकै विनिता कुमारी मेहताले पनि आफ्नो पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण कार्यक्रममा संघीय सासद सीमाराम मेहता, प्रदेश १ का सासद तथा नेपाली काग्रेंसका केन्द्रिय राजीव कोईराला, इनरुवाका पूर्व नगर प्रमुख राजन मेहता, खेमराज पोखरेल, गोपाल कोईराला, प्रतिस्प्रधिहरु एमालेका सरोज पोखरेल, जसपाका दिलिपचन्द साहु, लोेसपाका चुन्नी खातुन, राप्रपाका चन्देश्वर चौधरी सहितका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।
नगर प्रमुख भण्डारीले ११ हजार ८२४ मत ल्याएर विजयी हुनुभएको थियो भने वहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सरोज पोखरेलले नौ हजार ५३ मच ल्याएर पराजित हुनुभएको छ ।
त्यसैगरी उपप्रमुखमा नेपाली काग्रेंसकै विनिता कुमारी मेहताले ११ हजार ४८० मत ल्याएर निर्वाचित हुनुभएको छ । मेहताका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी सहजादी प्रविण आलमले ९ हजार ३३७ मत ल्याएर इनरुवा नगर उपप्रमुखमा जराजित हुनुभएको छ ।
इनरुवाको १ नम्बर वडामा नेपाली काग्रेंसका प्रमोद पोखरेल, इनरुवाको २ नम्बर वडामा नेकपा एमालेका विश्वनाथ ठाकुर, इनरुवाको ३ नम्बर वडामा नेकपा एमालेका रमेश श्रेष्ठ, इनरुवाको ४ नम्बर वडामा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका बौवालाल मेहता, इनरुवाको ५ नम्बर वडामा नेपाली काग्रेंसका अनिल कुमार पोखरेल, इनरुवा ६ नम्बर वडामा नेपाली काग्रेंसका सुमन थापा, इनरुवा ७ नम्बर वडामा नेपाली काग्रेंसका हिम्मत सिंह खवास, इनरुवा ८ मा असोक कुमार साह तेली, इनरुवा ९ मा एमालेका बसिरमुद्धिन मंसुरी र इनरुवाको १० नम्बर वडामा नेपाली काग्रेंसका मो. खलिल अख्खतर विजयी हुनुभएको छ ।
यसैबीच सुनसरीको सीमावर्ती बर्जु गाउँपालिकाको पनि अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक गरेको मत परिणाम अनुसार बर्जु गाउँपालिकामा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका तर्फबाट अध्यक्षमा जिवछ कुमार राय र उपाध्यक्षमा नितु कुमारी चौधरी विजयी हुनुभएको छ । बैसाख ३० गते सम्पन्न निर्वाचनको शुक्रबार सार्वजनिक भएको अन्मित परिणाम अनुसार नेकपा एमालेको तर्फबाट अध्यक्षमा जिवछ कुमार राय र उपाध्यक्षमा नितु कुमारी चौधरी बिजयी हुनुभएको हो । नेकपा एमालेको तर्फबाट अध्यक्षमा रायले ७ हजार ८ सय ६१ मत र उपाध्यक्षमा चौधरीले ८ हजार ४५ मत प्राप्त गरी बिजयी भएको निर्वाचन अधिकृतको कार्यालय बर्जुले जनाएको छ ।
रायको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदबार तथा निवर्तमान अध्यक्ष रघुनन्दन चौधरीले ७ हजार ४ सय ७४ मत प्राप्त गरी पराजित हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा बिजयी नितु कुमारी चौधरीको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी संगिता कुमारी रायले ७ हजार २ सय ९९ मत प्राप्त गरी पराजित हुनुभएको छ ।
त्यसैगरी सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाका नव निर्वाचित अध्यक्ष बेचन प्रसाद मेहताले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । गाउँपालिकाका निवर्तमान अध्यक्ष लालि प्रसाद मेहताले शुक्रबार एक कार्यक्रमको विच नवनिर्वाचित अध्यक्ष बेचनलाई पद हस्तान्तरण गर्दै पदभार ग्रहण गराउनुभयो । पदभार ग्रहण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणिा गुरागाइ, देवानगञ्ज ३ बाट निर्वाचित वडा अध्यक्ष अनिल भगत, ६ का वडा अध्यक्ष हरिन्नदन मेहता, ४ का वडा अध्यक्ष सुशील मेहता लगायत गाउँपालिकाका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।
उता सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकाका नव निर्वाचित अध्यक्ष अजमल अख्खतर आजादले पनि शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहताले ४९ जना विपन्न सुकुम्बासीलाई निशुल्क बिमा गराउने कागजमा सही गराएर एक कार्यक्रमको विच नवनिर्वाचित अध्यक्ष आजादलाई पद पदभार ग्रहण गराउनुभयो । पदभार ग्रहण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेहता, भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ बाट निर्वाचित वडा अध्यक्ष लक्ष्मण मेहता, २ का वडा अध्यक्ष आलम अंसारी, ३ का वडा अध्यक्ष धिरेन्द्र यादव, ४ का वडा अध्यक्ष हारुन अंसारी, ५ का वडा अध्यक्ष हबिव मंसुरी, ६ का वडा अध्यक्ष सेरेजुद्धिन अंसारी, ७ का वडा अध्यक्ष बौवालाल यादव र ८ का वडा अध्यक्ष हाजि उसमान मियाँ भोला लगायत गाउँपालिकाका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।