इनरुवाको नगर प्रमुखद्धारा पदभार ग्रहण
६ जेष्ठ २०७९, शुक्रबार १८:०७
जयकृष्ण यादव । इनरुवा
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका निर्वाचित नगर प्रमुख केदार भण्डारीले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । मूख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीबाट प्रमाण पत्र ग्रहण गर्दै भण्डारीले इनरुवा नगर प्रमुखको पदभार ग्रहण गर्नुभएको हो । नगरप्रमुख भण्डारी सहित नेपाली काग्रेंसकै विनिता कुमारी मेहताले पनि आफ्नो पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण कार्यक्रममा संघीय सासद सीमाराम मेहता, प्रदेश १ का सासद तथा नेपाली काग्रेंसका केन्द्रिय राजीव कोईराला, इनरुवाका पूर्व नगर प्रमुख राजन मेहता, खेमराज पोखरेल, गोपाल कोईराला, प्रतिस्प्रधिहरु एमालेका सरोज पोखरेल, जसपाका दिलिपचन्द साहु, लोेसपाका चुन्नी खातुन, राप्रपाका चन्देश्वर चौधरी सहितका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।

नगर प्रमुख भण्डारीले ११ हजार ८२४ मत ल्याएर विजयी हुनुभएको थियो भने वहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सरोज पोखरेलले नौ हजार ५३ मच ल्याएर पराजित हुनुभएको छ ।
त्यसैगरी उपप्रमुखमा नेपाली काग्रेंसकै विनिता कुमारी मेहताले ११ हजार ४८० मत ल्याएर निर्वाचित हुनुभएको छ । मेहताका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी सहजादी प्रविण आलमले ९ हजार ३३७ मत ल्याएर इनरुवा नगर उपप्रमुखमा जराजित हुनुभएको छ ।
इनरुवाको १ नम्बर वडामा नेपाली काग्रेंसका प्रमोद पोखरेल, इनरुवाको २ नम्बर वडामा नेकपा एमालेका विश्वनाथ ठाकुर, इनरुवाको ३ नम्बर वडामा नेकपा एमालेका रमेश श्रेष्ठ, इनरुवाको ४ नम्बर वडामा लोकतान्कि समाजवादी पार्टी लोसपाका बौवालाल मेहता, इनरुवाको ५ नम्बर वडामा नेपाली काग्रेंसका अनिल कुमार पोखरेल, इनरुवा ६ नम्बर वडामा नेपाली काग्रेंसका सुमन थापा, इनरुवा ७ नम्बर वडामा नेपाली काग्रेंसका हिम्मत सिंह खवास, इनरुवा ८ मा असोक कुमार साह तेली, इनरुवा ९ मा एमालेका बसिरमुद्धिन मंसुरी र इनरुवाको १० नम्बर वडामा नेपाली काग्रेंसका मो. खलिल अख्खतर विजयी हुनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया