सदा बने सुनसरीको ऐतिहासिक वडा अध्यक्ष
६ जेष्ठ २०७९, शुक्रबार १२:४५
इनरुवा, जेठ ६ गते । सुनसरीको कोसी गाउँपालिका वडा नम्बर–७ मा मुसहर समुदायले ऐतिहासिक जित हासिल गरेको छ । जहिले पनि नेकपा एमाले र नेपाली काग्रेंसको भोट बैकको रुपमा रहेका मुसहर (ऋषीदेव) सदा समुदायको एकता र नेकपा माओवादी केन्द्रको प्रयासमा पार्टी र जाती दुवैको इतिहास कामय भएको छ । कोशी ७ को वडाध्यक्षमा नेकपा माओवदी केन्द्रका २५ वर्षका कलिलो उमेरका उम्मेदबार लालदेव सदा निर्वाचित हुनुभएको छ । यसपाली नेकपा माओवादी केन्द्रको एकलो वडा अध्यक्ष जितेको सुनसरीमा त्यो पनि मुसहर समुदाय र जिल्लामै पहिलो वडा अध्यक्ष मुसहर समुदायका बन्न सफल लालदेव इतिहास कामय गर्न सफल हुनुभएको छ । सदाले ६ सय ११ मत ल्याएर वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी निवर्तमान वडा अध्यक्ष नेपाली कांग्रेसका उम्मेदबार रामचन्द्र महतो कोइरीले ४ सय ४१ मत ल्याएर पराजित हुनुभएको छ । नवनिर्वाचित वडाध्यक्ष सदाले १ सय ७० मतान्तरले निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालय कोशीले जनाएको छ ।
सदा(ऋषिदेव)अर्थात मुसहर समुदायबाट जिल्लामा पहिलो वडा अध्यक्षको रुपमा निर्वाचित भएपछि नेकाप माओवादी केन्द्रका जिल्ला संयोजक योगेन्द्र मण्डल पप्पु, इनरुवा नगर अध्यक्ष तोया गिरी, कोशीका नेता मनटुन यादव सहितले शुभकामना दिदै पार्टी र सदाको इतिहास रचने काम गरेको बताउनुभयो । सदाले निर्वाचित सदाले जनताले पैसा र रक्सीमा नबिक्ने र मुसहरले पनि नेतृत्व लिन सक्ने सन्देश दिएको बताउनुभयो । उहाँले आफनै वडाका उदाहरण दिदैँ जनता जागरुक्क भएकाले काम गर्ने जोश भएका युवाहरुलाई निर्वाचनमा चुनेकाले वडाबासीहरुलाई धन्यवाद ज्ञापन नर्गुभयो ।
सदाले आफ्नो जित भनेको दलित समुदायको ऐतिहासिक जितको रुपमा लिएको बताउनुभयो । अब आउने निर्वाचनमा दलित समुदाय पैसको प्रलोभन र रक्सीमा नबिक्ने समेत जिकिर गर्नुभयो । आफू आर्थिक हिसावले कमजोर भएपनि जनताले विश्वास गरेर मतदान गरी अत्यधिक मतले निर्वाचित गराएकोमा समुदाय प्रति अभारी रहेको बताउनुभयो । सबैको साथ , सहयोग अनि बिश्वास र मतको कदर गर्दै आगामी दिनमा विकसित वडाको रुपमा चिनाउने प्रयास गर्ने प्रतिकृया दिनुभयो । कोसी–७ का २५ वर्षिय सदाले नेपालमै इतिहास रचेका अधिकारकर्मी रमेश भट्टराईले बताउनुभयो ।
जिल्लामा यसअघिको निर्वाचनमा र यसपाली पनि महिला दलित वडा सदस्यमा मुसहर, सदा वा ऋषिदेव समुदायको प्रतिनिधित्व भएपछि वडा अध्यक्ष र त्यस माथिको पदमा उम्मेदबार नै नबनाएकाले जित्नै कुरा नरहेको बेला यसपाली भने माओवादीले टिकट दिएपछि सार्थक नतिजा देखाएको पार्टीका जिल्ला संयोजक योगेन्द्र मण्डलले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया