इनरुवाको प्रमुखमा भण्डारी विजयी
६ जेष्ठ २०७९, शुक्रबार ०८:१८
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवाको मत परिणाम सार्वजनिक भएको छ । इनरुवाको मत परिणाम अनुसार ११ हजार ८२४ मत ल्याएर नेपाली काग्रेंसका उम्मेदबार केदार भण्डारी इनरुवा नगर प्रमुखमा निर्वाचित हुनुभएको छ ।
भण्डारीका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सरोज पोखरेलले नौ हजार ५३ मच ल्याएर पराजित हुनुभएको छ ।
त्यसैगरी उपप्रमुखमा नेपाली काग्रेंसकै विनिता कुमारी मेहताले ११ हजार ४८० मत ल्याएर निर्वाचित हुनुभएको छ । मेहताका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी सहजादी प्रविण आलमले ९ हजार ३३७ मत ल्याएर इनरुवा नगर उपप्रमुखमा जराजित हुनुभएको छ ।
इनरुवाको १ नम्बर वडामा नेपाली काग्रेंसका प्रमोद पोखरेल, इनरुवाको २ नम्बर वडामा नेकपा एमालेका विश्वनाथ ठाकुर, इनरुवाको ३ नम्बर वडामा नेकपा एमालेका रमेश श्रेष्ठ, इनरुवाको ४ नम्बर वडामा लोकतान्कि समाजवादी पार्टी लोसपाका बौवालाल मेहता, इनरुवाको ५ नम्बर वडामा नेपाली काग्रेंसका अनिल कुमार पोखरेल, इनरुवा ६ नम्बर वडामा नेपाली काग्रेंसका सुमन थापा, इनरुवा ७ नम्बर वडामा नेपाली काग्रेंसका हिम्मत सिंह खवास, इनरुवा ८ मा असोक कुमार साह तेली, इनरुवा ९ मा एमालेका बसिरमुद्धिन मंसुरी र इनरुवाको १० नम्बर वडामा नेपाली काग्रेंसका मो. खलिल अख्खतर विजयी हुनुभएको छ ।
इनरुवा नगर प्रमुख कस्तो हुनुहुन्छ ?
नेपाली राजनीतिमा सुनसरी जिल्ला परिचित जिल्ला हो । यो जिल्ला पनि प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री र मूख्यमन्त्री खाएको जिल्ला भएकाले अग्रस्थानमा पर्छ । नेपाली काँग्रेसको राजनीतिक इतिहास बोकेको सुनसरीमा यो पकट जिल्ला सभापती समेत रहनुभएका भण्डारीले आफै इनरुवाको बागडोर समाल्ने मौका पनि पाउनुभएको छ । नेपाली काँग्रेसको १४ औ महाधिबेशनबाट सभापतिमा केदार भण्डारी निर्वाचित भएसँगै सुनसरीमा पार्टीलाई बलियो बताउने प्रतिवद्धा जनाउनुभएको थियो ।
काग्रेंसका जिल्ला सभापती तथा हाल इनरुवा नगरप्रमुखमा निर्वाचित भण्डारी कानुनका विधार्थी भएकाले अधिवत्ता अर्थात कानुन व्यसायीसगैं राजनीतिकमा चार दशकदेखी सकृय रहनुभएकोे व्यक्ति हुनुहुन्छ । भण्डारीले कानुनमा स्नातक गर्नुभएको छ । विस २०३६साल देखि बहुदलको समर्थनमा बाल जुलुस, विस २०४६ सालको जनआन्दोलन सकृय भएर लाग्नुभएको थियो । विस २०६२।०६३ सालको दोस्रो जनआन्दोलनमा सक्रिय भएर राजसंस्था फल्ने कार्यमा जिल्लाबाट महत्वपूर्ण योगदान गर्नुभएको थियो । विस २०५४ सालमा सुनसरी बार एसोसिएसनको सभापति हुदै, विस २०५७ सालमा नेपाल डेमोक्रेटिक लवेर्स एसोसिएसन को उप सभापती, २०६० सालमा नेपाल बार एसोसिएसनको उपाध्यक्ष हुदै २०६१ मा नेपाली काग्रेंसको सुनसरी जिल्ला सदस्य हुनुभयो । त्यसपछि २०६७ सालदेखी देखि २०७८ सालसम्म दुई पटक नेपाली काग्रेंस सुनसरी जिल्ला सचिव हुदै हाल नेपाली कांग्रेस सुनसरी सभापति पनि हुनुहुन्छ । वहाँ बौद्धिक प्राज्ञिक र कानुनका जानकार व्यक्ति भएकाले इमान्दारीता, वीधिको शासन, पारदर्शिता, जवाफदेहिता, सुशासन र जनभावनाको कदर गर्ने असल नेता हुनुहुन्छ ।
को हुन केदार भण्डारी?
वि.सं २०२४ साल साउन २७ गते बुबा श्रीप्रसाद भण्डारी र आमा धर्मशीला भण्डारीको साँहिलो सन्तानको रुपमा सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकाको साविक बलाहामा जन्मिनुभएका केदार भण्डारीको परिचय बहुआयामिक छ । बाबुआमाका १० सन्तान मध्ये उहाँनै केदार भण्डारी मिश्रित बसोबास भएको सुनसरी जिल्लामा लामो समयदेखि पेशागत र राजनितिक जिवनलाई सन्तुलित रुपमा अघि बढाईरहनुभको छ । विन्दु भण्डारीसंग बैबाहिक बन्धनमा बाधिनुभएका भण्डारीका रचित भण्डारी, अधिवक्ता वर्षा भण्डारी र डा. दृष्टि भण्डारी गरि तीन सन्तान छन् ।
सुनसरीका कहलिएका अनुभवी अधिवक्ताको रुपमा परिचित भण्डारीको परिचय यतिमा मात्र सिमित छैन । पेशासँगसँगै राजनितिमा समेत भण्डारीको प्रभावशाली उपस्थिति जनाउनुभएको छ । विस २०३६ सालमा बामपन्थी विद्यार्थी राजनितिबाट शुरु गर्नुभएको भण्डारी अहिले नेपाली काँग्रेस सुनसरीको सभापति हुदै हालै स्थानीय तह निर्वाचनमा इनरुवाको नगर प्रमुखमा निर्माचित हुनुभएको छ । नेपाली काँग्रेसको संस्थापन पक्षका उपसभापति तथा प्रभावशाली नेता विजय गच्छदार र संस्थापन पक्षकै नेता सञ्चार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीको निर्वाचन क्षेत्र सुनसरीमा कोईराला समूहबाट सभापति विजय भएका भण्डारीको राजनितिमा थप उचाई पाउनुभएको छ । संस्थापन पक्षका प्रभावशाली नेताहरु विजय गच्छदार,ज्ञानेन्द्र कार्की मिन विश्वकर्मा लगायतका नेताहरुले हराउन नसकेका भण्डारी सुनसरीमा शक्तिका रुपमा उदाएकोमा इनरुवाका जनताले थप अर्को जिम्मेबारी दिदै इनरुवा नगर प्रमुखमा जिताएका छन ।
विस २०६२÷०६३ को जनआन्दोलनमा खेल्नुभएको भुमिका र आफ्नो काँधमा आएको जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले निर्वाह गर्ने उहाँको जिम्मेबार चरित्रकै कारण छोटो समयमै नेपाली काँग्रेस सुनसरीको राजनितिमा आफूलाई प्रभावशाली रुपमा स्थापित गर्न सफल हुनुभयो । नेतृत्वलाई पदसँग नभई कार्य र त्यसबाट प्राप्त नतिजासँग तुलना गर्ने भण्डारी २०६७ सालमा नेपाली काँग्रेसको जिल्ला सचिव जस्तो महत्वपूर्ण जिम्मेवारीमा निर्वाचित हुदै दुई कार्यकाल सफल पूर्वक निर्वाह गर्नुभयो । राजनीतिकलाई पेशा भन्दा सेवाको भावले लिनुभएका भण्डारीले छ महिनामै दुई महत्वपूर्ण पदमा जनताबाटै निर्वाचित हुनुभयो ।
नेपाली काग्रेंसको महाधिवेशनमा आफ्नै पार्टीका संजय श्रेष्ठलाई पराजित गर्दै जिल्ला सभापती बन्नुभएको थियो भने वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदबार सरोज पोखरेललाई पराजित गर्दै इनरुवा नगर प्रमुख हुुनुभयो ।
पार्टीका मार्गनिर्देशक सिद्धान्त र नीतिमा एक इन्च सम्झौता नगर्ने, परिस्थिति अनुसार व्यवहारवादी नेताको छवी बनाउनुभएका भण्डारी काँग्रेस वृतमा तल्लो तहका कार्यकर्ताहरुमा माझ अत्यन्त लोकप्रिय हुनुहुन्छ । सरल, सहज र सबैसँग निरन्तर सम्पर्कमा रहने भण्डारीको बानी छ । काँग्रेस आफ्नो इतिहाँसमै जटिल संक्रमणबाट गुज्रिदा समेत गठनका हिसाबले देशभरमै सुनसरी काँग्रेस उर्बर र बलियो संगठन बनाउन आफु लागि पर्ने बताउँने भण्डारीले इनरुवा नगरको विकास, सुशासन र समृद्धिको काममा लाग्ने बताउनुहुन्छ । पार्टी भित्र नेता कार्यकर्ताको माग र भावना अनुसार काँग्रेसको संगठनलाई अझ बलियो र सुदृढ बनाउदै आफ्नो ज्ञान र अनुभव पार्टीकै लागि लगानी गर्दै थप उचाईमा पु¥याउने र इनरुवा नगरबासीको मतको कदर गर्दै आवश्यता र मागमा आधारित सडक, सिचाई, विधुत, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगार सहितको क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाउनुभएकोछ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया