स्थानीय तहमा कृषक समूह निष्कृय – Nagarikabhiyan : National News

स्थानीय तहमा कृषक समूह निष्कृय

इनरुवा । सुनसरीको स्थानीय तहमा विगतमा रहेको कृषक समूहहरु निष्कृय भएका छन् । विगतमा स्थानीय निकायमा कार्यक्षेत्र रहेको कृषि सहकारी तथा कृषक समूहहरुलाई कर कार्यालयमा पान नम्बर अनिवार्य लिनुपर्ने बाध्यकारी नियम आएकाले धेरै कृषक समूहहरु निष्कृय भएका हुन् ।

तत्कालिन जिल्ला कृषि विकास कार्यालयमा दर्ता भएको सात सय ३५ वटम कृषक समूहहरु दर्ता भएकोमा हाल कर कार्यालयमा दर्ता नभएको र लेखा परीक्षण नगरेकाले निष्कृय भएका छन् ।

हरिनगर गाउँपालिकामा मात्रै एक सय बढी कृषक समूहहरु निष्कृय भएको कृषि विकास शाखा हरिनगरले जनाएको छ । हरिनगरका साविकको पाँच गाविसमा रहेका १६४ वटा कृषक समूहहरु रहेकोमा हाल पुरानो ६ वटा मात्रै नविकरण गरेर सकृय रहेको र अरु निष्कृय भएको बताइएको छ ।