सुनसरीको हरिनगर ४ मा जसपाको वडाध्यक्ष सहित प्यानल बिजयी
५ जेष्ठ २०७९, बिहीबार ०५:२५
देवानगंज । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–४ मा जनता समाजवादी पार्टी बिजयी भएको छ । हरिनगर–४ मा जनता समाजवादी पार्टीको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार देवनारायण मेहता सहित पुरै प्यानल भारीमतले बिजयी भएको हो ।
हरिनगर–४ नेपाली कांग्रेसको गढ मानिएका वडा हो । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा सुदीलाल मेहता निर्वाचित भएका थिए । तर यस पटकको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निवर्तमान वडाध्यक्ष मेहता टिकट पाउने चर्चा भएपनि अन्तिम समयमा आएर वडाध्यक्ष पदको टिकट राजेश कुमार पालले पाएका थिए ।
त्यसैगरी जनता समाजवादी पार्टीबाट महिला सदस्य रुबी देवी मेहता, दलित महिला सदस्य चन्द्रवति देवी राम, वडा सदस्यहरुमा सुभाष चन्द्र झा र उमेश प्रसाद मेहता भारी मतले पुरै प्यानल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हरिनगर–४ मा जम्मा ३ हजार ७ सय ९४ मत खसेको थियो । जसमा १ सय ७२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया