भोक्राहा नरसिंह अध्यक्षपदमा अजमल अख्तर आजाद विजयी
४ जेष्ठ २०७९, बुधबार १२:०२
नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षपदमा ४६०६ मत सहित नेपाली कांग्रेस युवा नेता अजमल अख्तर आजाद विजयी हुनुभएको छ । आजादले गत निर्वाचनको बदला लिदै नेकपा एमालेका महेन्द्र प्रसाद यादवलाई पराजीत गर्दै जित हात पार्नुभएको हो । यादवले ३२७१ मत ल्याएर पराजीत हुनुभयो । यादवले राजनीतिक घमण्डका कारणले लज्जास्पद हार बेहोरेको उनका साथीहरुले बताएका छन् ।नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा अजमल अख्तर आजाद र उपाध्यक्ष पदमा सुनिता उराँव भारी मतले बिययी भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार अजमलले ४ हजार ६ सय ६ मत र उपाध्यक्ष उराँवले ३ हजार ९ सय ७४ मत प्राप्त गरी बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । नेपाली कांग्रेसका उम्मेदवार अजमलका प्रतिद्धन्द्धी नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार महेन्द्र प्रसाद यादवले ३ हजार २ सय ७१ मत र उपाध्यक्षका उम्मेदवार २ हजार ६ सय ५ मत प्राप्त गरेर पराजित भएका हुन् । अजमलले १ हजार ३ सय ३५ मतले यादवलाई पछि पार्दै जित हात पार्न सफल भएका छन् ।त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट पालिकाको उपाध्यक्ष पदका उम्मेदवार सुनिता उराँवकी प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीको तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार पुनम कुमारी मेहताले २ हजार ६ सय १८ मत प्राप्त गरी पराजित भएका हुन् । उराँवले १ हजार ३ सय ५६ मतले मेहतालाई पछि पार्दै जित हातपार्न सफल भएकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया