सुनसरीमा आठ स्थानीय तहमा काग्रेंसको अग्रता,तीनमा एमाले र एकमा जसापा अगाडि – Nagarikabhiyan : National News

सुनसरीमा आठ स्थानीय तहमा काग्रेंसको अग्रता,तीनमा एमाले र एकमा जसापा अगाडि

सुनसरीको १२ स्थानीय तह मध्ये आठ स्थानीय तहमा नेपाली काग्रेंसले अग्रता कायम राखेको छ । जिल्लाको तीन स्थानीय तहमा नेकपा एमाले र एक स्थानीय तहमा जनता समाजवादी पार्टीले अग्रता कायम राखेको छ ।
जिल्लाको धरान उपमहानगरपालिकाको मतगणना जारी रहँदा प्रमुख पदमा लोकतान्त्रिक बाम गठबन्धनका नगर प्रमुखका उम्मेदवार किशोर राईले ५३५७ र उपप्रमुखका उम्मेदवार आइन्द्र विक्रम बेघाले ६०१० मत सहित अग्रता कायमै राख्नुभएको छ । यो समाचार तयार पार्दासम्म १७ हजार १ सय बढी मत गणना हुँदा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राईले ५३५७ मत ल्याएर अग्रता लिनुभएको छ । नेकपा एमालेका मञ्जु भण्डारी सुबेदीले ४७२५ , स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले ४६७२ मत पाउनुभएको छ ।
यसैबीच इटहरी उपमहानगरपालिकामा पनि गठबन्धको प्यानलले अग्रता कायम राखेको छ । सुनसरीको इटहरी उपमहानगरपालिकामा गठबन्धनका नगर प्रमुख उम्मेदवारले अग्रता लिँदा उपमेयरमा एमाले उम्मेदवारले अग्रता पाएको छ । मत गणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले अग्रता लिनुभएको हो । एमाले उम्मेदवार याम सुब्बाले पच्छयाई रहनुभएको छ । उपप्रमुख पदमा एमालेकी संगीता चौधरीले अग्रता दिनुभएको छ भने गठबन्धनतर्फका एकीकृत समाजवादीका उम्मेदवार केशव विष्टले दोस्रो मत सहित पच्छयाईरहनुभएको छ ।
उता हरिनगर गाउँपालिकामा पनि नेपाली काग्रेंसका उम्मेदबार गफार अंसारीले अग्रता कायम राख्नुभएको छ । वहाँलाई एमालेका उम्मेदबार लसकरी अंसारीले पच्छयाईरहनुभएको छ ।
त्यसैगरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा नेपाली काग्रेंसका केदार भण्डारीले ५९८७ मत सहित अग्रता कायम राख्नुभएको छ भने वहाँलाई एमालेका सरोज पोखरेलले ४८८२ मल सहित पच्छयाईरहनुभएको छ ।
जिल्लाको कोशी गाउँपालिकामा नेपाली काग्रेंसका ऐयुव अंसारीको अग्रता कामय रहेको छ । जसपाका देवकृष्ण यादवले पच्छयाईरहनुभएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकामा पनि नेपाली काग्रेंसका अजमल अख्खर अजादले अग्रता कामय राख्नुभएको छ ।
त्यसैगरी सीमावर्ती देवानगञ्ज गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदबार बेचन प्रसाद मेहताले ५५०४ मल सहित अग्रता लिनुभएको छ भने वहाँलाई नेपाली काग्रेंसका उम्मेदबार श्यामलाल मेहताले पच्छयाईरहनुभएको छ ।
उता दुहवी नगरपालिका र गढी गाउँपालिका तथा बर्जु गाउँपालिकामा भने नेकपा एमालेले अग्रता लिएको छ ।

उता यसअघि धरान उपमहानगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्षमा यज्ञमणि आचार्यले ७५७ मत प्राप्त गरेर विजयी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी राप्रपाका रोशन अधिकारीले ७०३ मत प्राप्त गर्नुभएको छ ।
धरान उपमहानगरपालिका वडा नं २ मा नेकपा एमालेका रमेश राई वडा अध्यक्षमा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार वडा २ मा एमालेबाट वडाध्यक्ष राईले ७४८ मत ल्याएर विजयी हुनुभएको छ भने कांग्रेसका उम्मेद्वार सुधीरसिंह लिम्बूले ६२७ मत पाउनुभएको छ । एमालेबाट सदस्यमा विजयी समीर राई, दलित महिला सदस्यमा कांग्रेसका बुनु शंकर, महिला खुला सदस्यमा कांग्रेसकी उम्मेद्वार सन्ध्या श्रेष्ठ र दिनेश अग्रवाल विजयी हुनुभएको छ ।
त्यस्तै धरान–३ गठबन्धनबाट नेपाली काँग्रेसका विद्या शाक्यले १०८० मत ल्याएर वडा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुयोग पाख्रिनले ६२५ मत प्राप्त गर्नुभएको छ । यस वडामा महिला सदस्यमा उषा सुब्बा श्रेष्ठले १०४२, दलित महिला सदस्यमा शोभा विकले ५७५, खुल्ला वडा सदस्यमा मनिष खड्गीले ११०६ र मिङ्मा भोटे शेर्पाले ९९९ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।
त्यसैगरी धरान–४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । सोमबार बिहानको मतगणनाको नतिजा अनुसार वडाध्यक्षमा नेकपा एमालेबाट धनबहादुर राईले ८२६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चन्द्र कुलुङले ६१२ मत प्राप्त गर्नुभयो ।
यसैबीच इटहरी उपमहानगरपालिकामा पनि गठबन्धको प्यानलले अग्रगता कायम राखेको छ । सुनसरीको इटहरी उपमहानगरपालिकामा गठबन्धनका नगर प्रमुख उम्मेदवारले अग्रता लिँदा उपमेयरमा एमाले उम्मेदवारले अग्रता पाएको छ । मत गणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले अग्रता लिनुभएको हो । एमाले उम्मेदवार याम सुब्बाले पच्छयाई रहनुभएको छ । उपप्रमुख पदमा एमालेकी संगीता चौधरीले अग्रता दिनुभएको छ भने गठबन्धनतर्फका एकीकृत समाजवादीका उम्मेदवार केशव विष्टले दोस्रो मत सहित पच्छयाईरहनुभएको छ । यसअघि इटहरी २० नम्बर वडामा नेपाली काग्रेंसका मणिराम श्रेष्ठको प्यानल बिजय भएको छ ।
उता हरिनगर गाउँपालिका वडा नम्बर ६ मा नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार महमद तैयव अंसारी विजयी हुनुभएको छ । हरिनगर वडा नम्बर ७ मा नेकपा एसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार मोज्जमिल खाँन विजयी हुनुभएको छ ।
हरिनगर गाउँपालिका वडा नम्बर ५ मा नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार सिकिमलाल यादव विजयी हुनुभएको छ ।
दुहबी नगरपालिका–१ मा वडा अध्यक्षमा नेकपा एमालेका मो.अजुल हुसेनले ९२९ मत ल्याएर विजयी हुनुभएको छ । वहाँका निटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका जाकिर हुसेन मियाँले ८१३ मत ल्याउनुभएको छ ।
त्यसैगरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका–१ नम्बर वडामा नेपाली काग्रेंसको प्यानल विजयी भएको छ । इनरुवा नगरपालिका वडा नं १ को वडा अध्यक्षमा काग्रेंसका प्रमोद पोखरेल र उहाँका प्यानलैबाटै चार जना सदस्यहरु निर्वाचित भएका छन् ।
इनरुवा नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा एमालेका उमेदवार विश्वनाथ ठाकुर विजयी हुनुभएको छ । वहाँको टिममा अन्य सम्पूर्ण सदस्यहरु भने काग्रेंसबाट पूर्व मेयर राजन मेहता, विरेन्द्र मेहता सहित विजयी हुनुभएको छ । ठाकुरलाई जिताउनका लागि स्वतन्त्र उम्मेदबार सम्भु ठाकुर र गुलाब फुलको महत्वपूर्ण योगदान रहयो ।
त्यसैगरी इनरुवा ९ बबियाबाट एमालेका उम्मेदवार बसिरमुद्धिन मंसुरी विजयी हुनुभएको छ । वहाँको टीममा पनि सबै सदस्यहरु नेपाली काग्रेंसबाट निर्वाचित हुनुभएको छ । मंसुरीलाई जिताउनका लागि स्वतन्त्र उम्मेदबार बिन्देश्वर साहको महत्वपूर्ण योगदान रहयो ।
त्यसैगरी इनरुवा नगरपालीका वडा नं ०३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट प्यानल विजयी भएको छ । इनरुवा ३ नम्बर वडा अध्यक्षमा रमेश कुमार श्रेष्ठ सहित सम्पुर्ण टिम विजयी हुनुभएको हो ।
यसअघि इनरुवा १० मा नेपाली काग्रेंसका उम्मेदबार खोलिद मंसुरीको प्यानल निर्वातिच भइसेकको छ ।
जिल्लाको कोशी गाउँपालिका–१ नम्बर वडामा जनता समाजवादी पार्टीको प्यानल विजयी भएको छ । कोशी गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा जसपाका सोभितनारायण यादव र उहाँका प्यानलैबाटै चार जना सदस्यहरु निर्वाचित भएका छन् ।
कोशी गाउँपालिका–२ नम्बर वडामा नेपाली काग्रेंसको प्यानल विजयी भएको छ । कोशी गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा काग्रेंसका ध्यानी उराँव र उहाँका प्यानलैबाटै चार जना सदस्यहरु निर्वाचित भएका छन् ।
कोशी गाउँपालिका वडा नं ३ को वडा अध्यक्षमा काग्रेंसका सुलेमान मंसुरी र उहाँका प्यानलैबाटै चार जना सदस्यहरु निर्वाचित भएका छन् ।
कोशी गाउँपालिका–४ नम्बर वडामा नेकपा एमालेको वडा अध्यक्षका उम्मेदबार इसराईल मियाँ निर्वाचित हुनुभएको छ ।
कोशी गाउँपालिका वडा नं ५ को वडा अध्यक्षमा नेपाली काग्रेंसका साह जमाल मियाँ र उहाँका प्यानलैबाटै चार जना सदस्यहरु निर्वाचित भएका छन् ।