इनरुवाको ३ वटा वडामा एमालेको जित , सदस्यहरुमा मिश्रित – Nagarikabhiyan : National News

इनरुवाको ३ वटा वडामा एमालेको जित , सदस्यहरुमा मिश्रित

सुनसरीको इनरूवा नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा एमालेका उमेदवार विश्वनाथ ठाकुर विजयी हुनुभएको छ । वहाँ टिममा सम्पूर्ण सदस्यहरु भने काग्रेंसबाट पूर्व मेयर राजन मेहता, विरेन्द्र मेहता सहित विजयी हुनुभएको छ । ठाकुीलाई जिताउनका लागि स्वतन्त्र उम्मेदबार सम्भु ठाकुर र गुलाब फुलको महत्वपूर्ण योगदान रहयो ।
त्यसैगरी इनरुवा ९ बबियाबाट एमालेका उम्मेदवार बसिरमुद्धिन मंसुरी विजयी हुनुभएको छ । वहाँको टीममा पनि सबै सदस्यहरु नेपाली काग्रेंसबाट निर्वाचित हुनुभएको छ । मंसुरीलाई जिताउनका लागि स्वतन्त्र उम्मेदबार बिन्देश्वर साहको महत्वपूर्ण योगदान रहयो ।
त्यसैगरी इनरुवा नगरपालीका वडा नं ०३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट प्यानल विजयी भएको छ । इनरुवा ३ नम्बर वडा अध्यक्षमा रमेश कुमार श्रेष्ठ सहित सम्पुर्ण टिम विजयी भएको हो ।