कांग्रेस बाट निर्वाचित भएका वडा अध्यक्षलाई हराउदै जसपा का उमेदवार विजय
२ जेष्ठ २०७९, सोमबार १६:०५
देवानगंज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगंज गाउँपालिका ४ नम्बर वडामा जनता समाजवादी पार्टी नेपाल जसपा को प्यानल विजयी भएको छ ।
देवानगंज गाउँपालिका वडा नं ४ को वडा अध्यक्षमा जसपाका शुशिल मेहता र उहाँका प्यानल बाटै सदस्यहरु निर्वाचित भएका छन् । मेहताले ९३२ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिनुभयो ।
उनका निकटम प्रतिद्वन्द्वी २०७४ सालमा नेपाली कांग्रेस बाट जितेका वडा अध्यक्ष चन्देशवर मेहता हुन् । पुन नेपाली कांग्रेस बाट उमेखवारी दिएका मेहता ले ८६५ मत ल्याएर पराजीत हुनुभएको छ ।
सदस्यहरूमा जसपाकै सुनिता यादव , नरेश पाल लगायत का निर्वाचित हुनुभएको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया