धरान २ मा नेकपा एमालेका रमेश राई विजयी – Nagarikabhiyan : National News

धरान २ मा नेकपा एमालेका रमेश राई विजयी

धरान उपमहानगरपालिका वडा नं २ मा नेकपा एमालेका रमेश राई विजयी भएका छन् ।

निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार वडा २ मा एमालेबाट वडाध्यक्ष रमेश राई विजयी भएका हुन् ।
वडाध्यक्षमा विजयी राईले ७४८ मत ल्याएका छन् भने कांग्रेसका उम्मेद्वार सुधीरसिंह लिम्बूले ६२७ मत पाएका छन् ।

यसैगरि, एमालेबाट सदस्यमा विजयी समीर राईले ६६० मत पाएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका अजय राईले ६५५ मत पाएका छन् ।

यस्तै, दलित महिला सदस्यमा कांग्रेसका बुनु शंकरले ६८० मत पाएर विजयी भएकी छन् भने एमालेका उम्मेद्वारले ६५५ मत पाएका छन् ।

यस्तै, महिला खुला सदस्यमा कांग्रेसकी उम्मेद्वार सन्ध्या श्रेष्ठले ६८४ मत पाएर विजयी भइन् भने प्रतिद्धन्दी एमालेकी उम्मेद्वारले ६६७ मत पाइन् ।कांग्रेसका दिनेश अग्रवालले ६९१ मत ल्याएर विजयी भएका छन् भने प्रतिद्धन्दी एमालेका उम्मेद्वारले ६२८ मत पाएका छन् ।