सुनसरीमा पाँच वडाको नतिजा सार्वजनिक
१ जेष्ठ २०७९, आईतवार ११:५०
सुनसरीको चार पालिकामा पाँच वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । इनरुवा नगरपालिका–१ नम्बर वडामा नेपाली काग्रेंसको प्यानल विजयी भएको छ । दुहवी नगरपालिका १ मा र सीमावर्ती वर्जु गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । सीमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर ७ मा नेकपा एकिकृत समाजवादी र भोक्राहा नरसिंह गाउँपालिका १ नम्बर वडामा राप्रपाको प्यानल विजयी भएको छ ।
जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–१ नम्बर वडामा राष्टिय प्रजातन्त्र पार्टीको प्यानल विजयी भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्षमण मेहता र उहाँका प्यानलैबाटै चार जना सदस्यहरु निर्वाचित भएका छन् । मेहताले एक हजार ९० मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मोहन बहादुर अधिकारीले जानकारी दिनुभयो । यस वडामा ३ हजार २ सय २८ मतदाता रहेकोमा त्यसमध्ये २ हजार ४ सय ७८ मत खसेकोमा मेहताका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज दाहालले ५ सय ४७ मत ल्याएर पराजीत हुनुभएको छ । सदस्यहरूमा राप्रपाकै अकुल महतो ७२९, अमजाद मिँया ६१५, सरिता उराँव ८२५ र दलित महिला सदस्यमा आरतिदेवी शर्माले ८४६ मत ल्याइ निर्वाचित हुनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया