ओलीको गृहनगर दमकमा राप्रपाको अग्रता
१ जेष्ठ २०७९, आईतवार ११:०७
विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको मतगणनामा राप्रपा उम्मेदवारले अग्रता लिएका छन् । दमकमा एमालेबाट मेयरको उम्मेदवार गीता अधिकारीलाई पछि पार्दै राप्रपा उम्मेदवार राम थापाले अग्रता लिएका हुन् । उनलाई सत्तारुढ गठबन्धनको समर्थन छ ।
थापाको मत १९६८ मत पाएका छन् । अधिकारीले १९४० मत पाएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया